एनआरएन इन्फास्ट्रक्चरले झण्डै ३४ करोडको आइपिओ निष्काशन गर्ने, कति पायो रेटिङ !

काठमाडौं । एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले ३३ करोड ९८ लाख ४ हजार ६ सय रुपैयाँको प्राथमिक सेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले १०० रुपैयाँ मुल्यमा ३३ लाख ९८ हजार ४६ कित्ता सेयर जारी गर्न नियामक निकाय नेपाल धितोपत्र बोर्डमा निवेदन दिइसकेको छ ।

कम्पनीको आइपिओलाई केयर रेटिङ नेपालले ‘ग्रेड ४’ रेटिङ प्रदान गरेको छ । कम्पनीको आइपिओले औसतभन्दा कम आधार जनाउने रेटिङ पाएको हो । 
कम्पनीले सेयर निष्काशन तथा बिक्री प्रबन्धकमा सानिमा क्यापिटललाई नियुक्त गरेको छ ।

एनआरएन इन्फास्ट्रक्चर एन्ड डेभलपमेन्ट कम्पनी सन् २०१२ मा स्थापना भएको हो । यो कम्पनीलाई गैरआवासीय नेपालीहरुले प्रवद्र्धन गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर