• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

बलात्कार प्रयासको आरोपमा वडा सचिवविरुद्ध मुद्दा दर्ता

ओखलढुंगा । ओखलढुंगाका एक वडा सचिवविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको छ । जिल्लाको सुनकोशी गाउँपालिका–७ का वडा सचिव ४५ वर्षीय चेतबहादुर कटुवालविरुद्ध जबर्जस्ती करणी उद्योगमा मुद्दा दर्ता भएको हो । वडा सचिव कटुवाल सुनकोसी गाउँपालिकाको च्यानमका स्थानीय बासिन्दा हुन् ।
 
भदौ १ गते स्थानीय एक २३ वर्षीया युवतीलाई बलात्कार प्रयास गरेको उजुरीका आधारमा वडा सचिव कटुवालविरुद्ध मुद्दा दर्ता गरेर अनुसन्धान थालिएको ओखलढुंगाका प्रहरी निरीक्षक राजीव श्रेष्ठले जानकारी दिए । पीडितको जाहेरीपछि आरोपित फरार रहेकाले खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय ओखलढुंगाले जनाएको छ ।

यसैगरी, प्रहरीले बलात्कार आरोपमा एक सरकारी कर्मचारीसहित दुईजनाविरुद्ध जबर्जस्ती करणीको मुद्दा दर्ता गरेको छ । सातवर्षीया बालिका बलात्कार गरेको अभियोगमा मोलुङ गाउँपालिका–६ श्रीचौरका १८ वर्षीय कुमार तामाङविरुद्ध जबर्जस्ती करणी मुद्दा दर्ता भएको हो । नाताले भान्जी पर्ने ती बालिकालाई घरैमा गएर मंगलबार बलात्कार गरेपछि अभिभावकको उजुरीका आधारमा घरैबाट पक्राउ गरेर मुद्दा चलाइएको प्रहरी निरीक्षक श्रेष्ठले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर