सन्नी लियोनी अभिनित फिल्म पासवर्डको ट्रेलर सार्वजनिक

काठमाडौं । बलिउड अभिनेत्री  सन्नी लियोनी अभिनित नेपाली फिल्म पासवर्डको ट्रेलर सार्वजनिक भएके छ । उनले फिल्मका एउटा आइटम गीत गरेकी छन् । गीतको लागि उनले दुई करोड भारतीय रुपैयाँ बुझेकी छन् ।

फिल्मका लिड अभिनेता बिक्रम जोशी (विक्की) ले पनि नृत्य गरेका छन् । अभिनेता अनुप विक्रम शाही र कलाकार बुद्धि तामाङलाई पनि गीतमा देख्न सकिन्छ । निर्देशक सम्राट बस्नेतले यहीे फिल्मबाट निर्देशनमा डेब्यू गरेका हुन् ।  
 
फिल्म एबी इन्टरनेशनलको ब्यानरमा बनेको फिल्ममा अभिनेता अनुप विक्रम शाही नेगेटिभ रोलमा छन् । यसलाई हिरल जोशी र अमित बस्नेतले निर्माण गरेका हुन् । फिल्मका कार्यकारी निर्माता अंकित गौतम हुन् । फिल्ममा सौरभ लामाको छायांकन छ । रविन्द्र झा, प्रविण खतिवडा, लिशा सुनारलगायतको पनि फिल्ममा अभिनय छ । फिलम भाद्र २७ गते रिलिज हुदै छ । 

 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर