• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

नेकपा स्कुल विभागका पदाधिकारीले सम्हाले जिम्मेवारी

काठमाडौं । नेकपाका नेता ईश्वर पोखरेलले नेपाल कम्युनिष्ट पार्टीको स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएका छन् ।

ललितपुरस्थित तुल्सीलाल स्मृति प्रतिष्ठानमा शनिबार विशेष कार्यक्रमगरी पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरिएको हो । तात्कालिन नेकपा एमालेका स्कूल विभाग प्रमुख शंकर पोखरेलले नेता ईश्वर पोखरेललाई स्कूल विभाग प्रमुखको जिम्मेवारी हस्तान्तरण गरेका हुन् । स्कूल विभाग प्रमुखको जिम्मेवारी लिएपछि नेता पोखरेलले विचार र संगठनलाई थप व्यवस्थित र सुदृढ बनाउदै नेतृत्व निर्माणमा अघि बढ्ने प्रतिवद्धता जनाए ।

परिर्वतित अवस्थामा हिजोको ढाँचाबाट नेतृत्व निर्माण हुन नसक्ने भन्दै उनले नेतृत्व निर्माणमा नयाँ ढंगले अघि बढ्ने बताए । सिंगो पार्टी पंक्तिले राजनीतिक कार्यदिशाको बारेमा एउटै बुझाई बुझ्ने र एउटै बोली बोल्नुपर्ने आवश्यकता औल्याए । स्कूल विभागको जिम्मेवारी लिन धेरैले दाबी गरिरहदा पोख्रेलले जिम्मेवारी पाएका हुन् । उनी एकता अघि तात्कालिन नेकपा एमालेका महासचिव थिए ।

साथै पोखरेलले उपप्रमुखद्धय देवेन्द्र पौडेल र बेदुराम भुसाललाई कार्यभार हस्तान्तरण समेत गरे । समाचार दैनिकसंगको कुराकानीका क्रममा उपप्रमुख पौडेलले अब विभागको नियमावली बनाएर अघि बढ्ने बताए । साथै पाठ्यक्रम तयार गर्ने, विभागको कार्यालय तय गर्ने जस्ता कामहरु तत्कालै गर्ने बताए ।

साथै विभागलाई अझै प्रभावकारी बनाउनका लागि सिनियर नेताहरुसंग बसेर सुझाव लिने काम गर्ने पनि बताए । विभागको कार्याभार सम्हाल्नुअघि नेता पौडेलले प्रमुख पोखरेललाई भेटेका थिए । भेटमा पार्टीको संस्थागत विषयहरुलाई कसरी अगाडी बढाउने भन्नेबारेमा छलफल भएको पनि उनले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर