• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

उत्तर कोरियाले फेरी लञ्च गर्यो दुई वटा ‘ब्यालेस्टिक मिसाइल’

एजेन्सी । उत्तर कोरियाले शनिवार फेरी दुई वटा सानो दूरीका ‘ब्यालेस्टिक मिसाइल’ प्रक्षेपण गरेको छ ।

स्थानीय समयअनुसार शनिबार बिहान दक्षिण हामयोङ प्रान्तको पूर्वी सहर सोन्दोकबाट दक्षिण कोरियाको सेनाले मिसाइल परीक्षण गरिएको जनाएको छ ।

मिसाइल ३८० किलोमिटरसम्म उडेपछि ‘सी अफ जापान’मा खसेको बताइएको छ । योसँगै उत्तर कोरियाले एक महिना भित्रमा ७ वटा क्षेप्यास्त्र हतियार प्रक्षेपण गरेको छ ।

जापानका रक्षामन्त्री ताकेशी वायाले मिसाइल जापानी जल क्षेत्रमा खसेको पुष्टि गर्दै यसबाट संयुक्त राष्ट्रसंघको प्रस्तावनाको स्पष्ट उल्लंघन भएको प्रतिक्रिया दिएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर