• सोमबार ५-३०-२०७६/Monday 09-16-2019/ 02:06 pm

तीज पर्व सन्देशमूलक बनाउँ : पर्यटनमन्त्री गिरी

रुपन्देही । प्रदेश नं ५ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री लिला गिरीले तीज पर्वलाई सन्देशमूलक बनाउनुपर्नेमा जोड दिएका छन् ।

नेपाल कम्युनिष्ट पार्टी (नेकपा) महिला विभाग रुपन्देहीले आज बुटवलमा आयोजना गरेको ‘प्रशिक्षण तथा तीज मिलन कार्यक्रम’ मा उनले गलत सामाजिक परम्परालाई बदलेर सकारात्मक सन्देश दिनेगरी तीज मनाउनुपर्ने बताए । ‘हिजोका दिनमा दुःख पीडा पोख्ने पर्वकारुपमा तीजलाई लिइन्थ्यो, अहिले अवस्था फेरिएको छ’, उनले भने, ‘आपसी सद्भाव र एकतालाई कायम राखेर चाड मनाउनुपर्छ ।’ 

पार्टीका केन्द्रीय सदस्य एवम् प्रदेशसभा सदस्य दधिराम न्यौपानेले अधिकारका लागि महिला एकजुट हुन जरुरी रहेको बताए । 

नेकपाका जिल्ला सचिव निर्मल जिसी, महिला विभागका जिल्ला इञ्चार्ज विमला पन्थी, सहइञ्चार्ज ज्ञानु केसी, टीका गौतम लगायतले तीज पर्वलाई महिला समानता र सशक्तीकरणसँग जोड्न आवश्यक रहेको बताए । कार्यक्रममा पार्टीका कानून विभाग प्रमुख खुमकान्त पौडेलले लैङ्गिक समानता र कानूनी अवधारणाका विषयमा प्रशिक्षण दिएका थिए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

भारतबाट आयात हुने तरकारी तथा फलफूल चेकजाँचमा कडाइ

  • ३० भदौ, २०७६

कैलाली ।  सुदूरपश्चिम प्रदेशका नाकाहरुबाट तरकारी तथा फलफुलजन्य पदार्थको आयातमा कडाइ गरिएकाे छ । भारतबाट भित्रने तरकारी तथा फलफुलमा अत्याधिक

प्रदेश २ : नामकरण र राजधानी टुंग्याउन विशेष समिति गठन

  • २९ भदौ, २०७६

जनकपुरधाम । प्रदेशको नामाकरण र राजधानीको विषयमा प्रदेशसभामा छलफल चलिरहेको समयमा निक्र्यौल लगाउनका लागि विशेष समिति गठन गरिएको छ ।  प्रदेशसभा

भ्रमण वर्षका लागि उपसमिति गठन

  • २९ भदौ, २०७६

पोखरा । गण्डकी प्रदेश सरकारले घोषणा गरेको आन्तरिक पर्यटन भ्रमण वर्ष २०१९ लाई सफल बनाउन तनहुँमा जिल्लास्तरीय उपसमिति गठन गरिएको छ । सन् २०१९ मा १५ लाख