• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

संविधान जारी गर्दा सयौं अदृश्य दबाब झेल्नुपर्यो : रामवरण यादव

काठमाडौं । पुर्व राष्ट्रपति रामवरण यादवले संविधानसभाबाट संविधान जारी हुनु गौरवको विषय भएको भन्दै नेतृत्वमा रहेका दलहरुलाई कार्यान्वयनमा प्रतिवद्ध हुन आग्रह गरेका छन् ।

संविधानसभाका सभासद् प्रेम बहादुर सिंहको ‘संविधान निर्माण घटना र अनुभूति’ पुस्तकको सनिबार राजधानी काठमाडौंमा विमोचन गर्दे उनले गौरवपुर्ण उपलब्धि रक्षाका लागि सबैले योगदान पुर्याउनुपर्ने धारणा राखेका हुन् । उनले संविधान २०६२/६३ को जनआन्दोलनको उपलब्धि मात्रै नभई ७ दशक देखिको जनताको लगानीको प्रतिफल भएको बताए । विभिन्न जात, जाति धर्म र संस्कृति सहितको विविधता युक्त समाज भएका कारण संविधानले सबैको चाहाना र माग पुरा गर्न नसक्नु स्वभाविक भएको तर्क गरे ।

पुर्व राष्ट्रपति यादवले संविधान जारी गर्ने समयमा कयौं अदृश्य दबाब पनि झेल्नुपरेको पनि उल्लेख गरे ।

कार्यक्रममा तात्कालिन संविधानसभाका अध्यक्ष एवं नेकपाका उपनेता सुवासचन्द्र नेम्वाङ्गले संविधानमा देखिएको असन्तुष्ठी सम्बोधन गर्नका लागि सरकारले प्रयास गरिरहेको स्पष्ट पारे । उनले भने–‘विश्वमा असन्तुष्ठी नभएको कुन संविधान छ ? हामी असन्तुष्ठीलाई सम्बोधन गर्नका लागि प्रयास गरिरहेका छौ । यस तर्फ हामी प्रयासरत रहनुपर्छ ।’

उनँले संविधानमा असन्तुष्ठी जनाएका र वहिष्कार गरेका दलहरु पनि संविधान कार्यान्वयनको प्रक्रियामा समेटिनुलाई संविधान कार्यान्वयको सफलता भएको टिप्पणी गरे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर