बुटवल उच्च बारमा नयाँ नेतृत्वको लागि निर्वाचन

बुटवल । उच्च अदालत बार एसोसिएसन बुटवलमा नयाँ नेतृत्वका लागि शनिबार निर्वाचन भएको छ । शनिवार भएको मतदानमा १ सय ३१ मतदाता रहेका छन । मतदान राती ८ बजेसम्म हुने बताइएको छ ।

बार एकाईमा १३ सदस्यीय नयाँ नेतृत्वको लागि कांगे्रस समर्थक कानून व्यवसायीहरुको संगठन डेमोक्रेटिक लयर्स एसोसिएसन (डीएलए) र नेकपा समर्थक नेपाल लयर्स एसोसिएसन (एनएलए) को अगुवाईमा रहेको प्रगतिशील पेशागत कानून व्यवसायी समूहबीच सहमति भए पनि अध्यक्ष, सचिव र कोषाध्यक्ष पदमा भने निर्वाचन भएको हो ।

बार एकाईमा अध्यक्ष, सचिव, कोषाध्यक्ष, पाँच सदस्य, दुई पार्षद डीएलएलाई र उपाध्यक्ष, सहसचिव, तीन सदस्य र चार पार्षद प्रगतिशील पेशागत कानून व्यवसायी समूहलाई दिने गरी दुई संगठनबीच सहमति भए पनि अध्यक्ष, सचिव र कोषाध्यक्षमा डीएलएबाटै विद्रोही उम्मेदवार खडा भएपछि नेतृत्वको लागि निर्वाचन गर्नुपरेको हो । 

डीएलएबाट अध्यक्षमा जोगबहादुर खत्री, सचिवमा गोविन्द मरासिनी र कोषाध्यक्षमा नागेन्द्रप्रसाद यादव उम्मेदवार रहेकोमा विद्रोहीका रुपमा अध्यक्षमा कृष्णप्रसाद पाण्डे, सचिवमा हिमलाल पौडेल र कोषाध्यक्षमा धनबहादुर के.सी.ले उम्मेदवारी दिएका थिए । कोषाध्यक्ष पदका विद्रोही उम्मेदवार के.सी.ले आफू स्वतन्त्र रहेको दाबी गरे पनि डीएलएका विद्रोही उम्मेदवारबीचकै सल्लाह र सहमतिमा उम्मेदवारी दिएका थिए ।

बार एकाईको उपाध्यक्षमा ज्ञानु के.सी., सहसचिवमा शान्ता पौडेल खनाल, सदस्यहरुमा ओमप्रसाद पंगेनी, कृष्णबहादुर गुरुङ, राजन नेपाल, मदनकुमार पुन, मन्दिरा कार्की पाण्डे, कुसुम अर्याल, मणि बस्याल, हरिप्रसाद पन्थ निर्विरोध निर्वाचित भएका छन् । त्यसैगरी पार्षदहरुमा कपिला शर्मा, डा. नारायणप्रसाद बेल्वासे, खेमराज खनाल, लेखनाथ पोख्रेल, हेमराज शर्मा,  र दयानिधि भण्डारी निर्विरोध निर्वाचित भएको निर्वाचन समितिका संयोजक श्यामसुुन्दर चौधरीले जानकारी दिए ।  

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर