• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

मन्त्री महासेठद्वारा पुलको उद्घाटन

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले वर्तमान सरकारको तीन वर्षको अवधि आवश्यक ऐन कानून बनाउँदैमा बितेको बताएका छन् । 

उनले अबको बाँकी अवधिमा जनताले नपत्याउने ढङ्गले तीव्र रुपमा विकास गरेर देखाउने दाबी गरे ।

सिन्धुपाल्चोकको टेकनपुरस्थित सुनकोशी नदीमा निर्मित पक्की पुलको आज उट्घाटन गर्दै मन्त्री महासेठले पुल बनेर मात्र सबै कुरा पूर्ण नहुने हुँदा यस क्षेत्रका आसपासका सडक पनि बन्नुपर्ने र त्यसको लागि सरकारले प्रथमिकतामा राखेको बताए । उनले जिल्लामा निर्माणाधीन सबै पुल आगामी आवभित्र सम्पन्न गर्ने प्रतिबद्धता व्यक्त गरे । 

मन्त्रालयका सचिव देवेन्द्र कार्कीको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रदेश नं ३ का उद्योग, पर्यटन, वन तथा वातावरणमन्त्री अरुण नेपालले पर्यटकीय सम्भावना बोकेको तौथली क्षेत्रमा पुल निर्माणपछि थप योगदान पुग्ने विश्वास व्यक्त गरे । सांसद अग्निप्रसाद सापकोटाले देशको समग्र विकासको लागि सङ्घीय सरकारले स्थानीय सरकारको कुरा सुन्नुपर्नेमा जोड दिए । प्रदेशसभा सदस्य सरेश नेपालले पुल निर्माणपछि यस क्षेत्रको उत्पादनलाई बिक्री वितरण गर्ने ढङ्गले लाग्नुपर्ने बताए ।

सडक डिभिजन कार्यालय दोलखाको रु १० करोडमा निर्माण सम्पन्न भएको उक्त पुल तीन वर्षमा सम्पन्न गर्न ‘गोल्डेन गुड सोवर्ण भण्डारी जेभी’सँग २०७३ चैतमा ठेक्का सम्झौता भएको थियो । पुलको लम्बाइ ९२ मिटर रहेको छ । पुल निर्माण भएसँगै लामोसाघु, टेकनपुर, तौथली, खरिढुङ्गा हुँदै दोलखा पुग्न सहज हुने बताइएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर