• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

‘उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङ्ग्रह’

धादिङ । नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य गङ्गालाल तुलाधरले आगामी मङ्सिर १४ गतेका लागि तोकिएको उपनिर्वाचन पार्टीका लागि मिनी जनमत सङग्रह भएको बताएका छन् । 

पार्टी निकट धादिङ–पोखरा जनसम्पर्क मञ्चले हरितालिका तीजको अवसरमा आज पोखरामा आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले पार्टीलाई हराउन मोर्चाबन्दी भइरहेकाले त्यसका विरुद्ध तयारी शुरु गर्न कार्यकर्तालाई निर्देशन दिए । विपक्षीले निर्वाचनलाई दुई तिहाई बहुमतको कम्युनिष्ट सरकारका विरुद्ध जनमत बनाउन उपयोग गर्न सक्नेतर्फ सचेत रहनुपर्ने उनको भनाइ थियो । ‘निर्वाचनलाई पार्टीको अग्नि परीक्षा र मिनी जनमत सङग्रहको रुपमा लिनु पर्दछ’, पूर्वशिक्षामन्त्री तुलाधरले भने । 

गण्डकी प्रदेशसभा सदस्य रामजी बरालले जनसम्पर्क मञ्च पार्टीको एकाइको रुपमा रहेको र यसका हरेक सदस्यले पार्टीको मूल्य, मान्यता र आदर्शलाई सिरोधार्य गर्नुपर्नेमा जोड दिए । कार्यक्रममा पार्टीको प्रदेश नं ३ कमिटी सदस्य रामबहादुर भण्डारी, नेकपा कास्की सचिव बखानसिंह गुरुङ, धादिङको निलकण्ठ नगरपालिकाका उपप्रमुख मनराज भण्डारी, मञ्चका अध्यक्ष वीरबहादुर थापालगायतले आ–आफ्नो धारणा राखेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर