• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

प्रकाण्डलाई रिहा गर्न माग मालेको माग

काठमाडौं । नेकपा (माले) ले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका स्थायी कमिटी सदस्य तथा प्रवक्ता खड्गबहादुर विश्वकर्मालाई रिहा गर्न सरकारसँग माग गरेको छ । 

पार्टी महासचिव सिपी मैनालीले बिहीबार प्रेस विज्ञप्ति जारी गरी विश्वकर्मा र उनीसँगै गिरफ्तार गरिएका सबैलाई तत्काल विनाशर्त रिहा गर्न आग्रह गरेका छन् ।  

विज्ञप्तिमा शान्तिपूर्णरुपमा आफ्ना विचार राख्न र पार्टी सञ्चालनका निम्ति स्वेच्छिकरुपमा आर्थिक सहयोग संकलन गर्न पाउने अधिकारमाथि कुनै पनि बन्देज लगाउन नहुने भनिएको छ । प्रहरीले जबर्जस्ती चन्दा असुलीको आरोपमा विश्वकर्मासहित तीन जनालाई बुधबार दक्षिणकाली नगरपालिकाको चाल्नाखेलबाट पक्राउ गरेको जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर