• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

दाहाल यज्ञनिधि अस्वस्थ

काठमाडाैं । साहित्यकार एवं रेडियोकर्मी दाहाल यज्ञनिधि अस्कोवस्थ भएका छन् ।  

मस्तिष्कघात भएपछि उपचारका लागि अस्पताल भर्ना भएका यज्ञनिधिकाे अवस्था अहिले स्थिर रहेकाे अस्पतालले जनाएकाे छ ।

दुई दशकअघि ६५ वर्षीय यज्ञनिधिको मिर्गाैला प्रत्यारोपण गरिएको थियो । गत बुधबार डायलायसिस गर्ने क्रममा बेहोस भएपछि उनलाई माइतीघरस्थित अन्नपूर्ण न्यूरो अस्पताल भर्ना गरी सघन उपचार कक्षमा राखिएको थियो । 

मस्तिष्कघातका कारण उनी मण्डिखाटारस्थित निवासमा लडेका थिए । चिकित्सकले शल्यक्रिया नगरी प्रत्यक्ष निगरानीमा राख्न र नियमित डायलायसिस गर्न सल्लाह दिएपछि आज उनलाई थप उपचारका लागि ललितपुरको सुमेरु अस्पताल लगिने उनका भाइ पुष्पनिधि दाहालले जानकारी दिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर