• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

विधायन व्यवस्थापन समितिले आज कार्यविधिलाई अन्तिम रुप दिने 

काठमाडौं । संघीय संसद राष्ट्रियसभा अन्तर्गतको विधायन व्यवस्थापन समितिको बैठक शुक्रबार पनि बस्दैछ । सिंहदरबारमा अपरान्ह १ बजेका लागि बोलाइएको बैठकले समिति सचिवालयले तयार पारेको कार्यविधिलाई अन्तिम रुप दिनेछ । समितिको कार्य क्षेत्रभित्र राष्ट्रियसभामा प्राप्त विधेयकमाथि छलफल तथा विधेयक व्यवस्थापन, ऐन कार्यन्वयन र अध्ययन, अनुसन्धानसम्बन्धी विषय रहेका छन् ।

बिहीबार सिंहदरबारमा बसेको समितिको बैठकमा कार्यविधिको मस्यौदामाथि प्रारम्भिक छलफल सुरू गरिएको थियो । मस्यौदामाथिको छलफलमा सहभागी हुँदै समितिका सदस्यहरूले ऐनको प्रभावकारी कार्यान्वयन हुने गरी काम गर्ने व्यवस्था कार्यविधिमै उल्लेख गर्नुपर्ने आवश्यकता औँल्याएका थिए। समितिका सदस्य परशुराम मेघी गुरुङले ऐन कार्यन्वयनका लागि आवश्यक सुझाव सरकारलाई दिने गरी कार्यविधिमै व्यवस्था गर्न उपयुक्त हुने धारणा राखेका थिए ।

समितिका अर्का सदस्य बद्रीप्रसाद पाण्डेले समितिको कार्यविधि बनाउन कार्यदल नै गठन गर्नुपर्नेमा जोड दिए । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर