• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018/ 11:37 pm

''प्रकाण्ड' अपराधि हुन् त्यसैले पक्राउ गरियाे'-गृहमन्त्री थापा

चितवन । गृहमन्त्री रामबहादुर थापाले खड्गबहादुर विश्वकर्मा 'प्रकाण्ड'ले आपराधिक गतिविधि गरेका कारण पक्राउ गरेको बताएका छन् । चितवनमा शुक्रबार आयोजित पत्रकार सम्मेलनमा गृहमन्त्री थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता विश्वकर्मा चन्दा आतंक र हिंसात्मक गतिविधिमा लागेका कारण पक्राउ गरेको बताए ।  

“कानून र विधिलाई उल्लंघन गर्नेलाई नियन्त्रण गर्ने प्रक्रियामा विश्वकर्मा पक्राउ परेका हुन्,”उनले भने ।  एक प्रश्नमा मन्त्री थापाले भने,  “म गृहमन्त्री हो, गृहमन्त्रीको जिम्मेवारी अपराधी नियन्त्रण गर्ने हो ।” विश्वकर्मा प्रहरीको खोजीको सूचीमा रहेकाले पक्राउ गरिएको पनि उनले बताए।  सरकारका विरुद्धमा रहेका शक्तिलाई राजनीतिकरुपमा र प्रशासनिकरुपमा नियन्त्रण गर्ने प्रक्रियामा सरकार रहेको गृहमन्त्री थापाले बताए ।  

भक्तपुरमा बालक अपहरण र हत्यामा संलग्नलाई २४ घण्टाभित्र निस्तेज गर्न सफल भएको उनले बताए । गृह मन्त्रालयमा प्राप्त रिपोर्टअनुसार उक्त घटना मुठभेडबाट भएको भन्दै उनले भने, “फेक इन्काउन्टर भन्ने हल्ला हो, हल्लाकै रुपमा हामीले बुझेका छौँ ।” 

सुन तस्करीको अनुसन्धान जारी रहेको भन्दै मन्त्री थापाले तस्कर नछुट्ने पनि बताए ।

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

अब हतियारधारी दुई समूह मात्र बाँकी रहे– सरकारी वार्ता टोली  

  • २७ मङ्सिर, २०७५

विराटनगर । सशस्त्र गितिविधिमा रहेको अखिल जनतान्त्रिक तराई मुक्ती मोर्चा (विनोदसमूह)ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा आवद्ध हुने भन्दै विहीवार

यी फोटा हेर्नुस,देश बनेन भनेर नेतालाई ‘गाली गर्नुस्’

  • २७ मङ्सिर, २०७५

काठमाडौं । ‘नेताहरुले गर्दा देशै बनेन, सरकारले कामै राम्रो गरेन’ भन्ने शव्दहरु लगभग नेपालीको थेगो जस्तै भईसकेको छ । तर ,नेता र सरकारमाथि यसरी औँला

मुलुकमा दुई असन्तुष्ट समूह रहेको सरकारी वार्टा टोलीको निष्कर्श 

  • २७ मङ्सिर, २०७५

विराटनगर । सशस्त्र गितिविधिमा रहेको अखिल जनतान्त्रिक तराई मुक्ती मोर्चा (विनोदसमूह)ले शान्तिपूर्ण राजनीतिक गतिविधिमा आवद्ध हुने भन्दै विहीवार