• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

गाईगोरु भीरबाट खसाल्नेमाथि कारबाहीको माग

नेपालगन्ज । नेपालगन्जबाट ट्रकमा लोड गरी ल्याइएका गाईगोरुलाई सुर्खेतको भीरबाट खसालिएको घटनाप्रति सेभ  द लाइभ्सले गम्भीर ध्यानाकर्षण भएको बताएको छ । साे संस्थाका अभियन्ता उत्तम पुडासैनीले विज्ञप्ति जारी गर्दै गाईगोरु मार्नेहरूप्रति कडा कारबाही हुनुपर्ने माग गरेका छन् । 

देशको राष्ट्रिय जनावरमाथि भएको यस प्रकारको नृशंस हत्याले हाम्रो समाज कुन बाटोतर्फ उन्मुख हुँदै छ भन्ने विषय सोच्न बाध्य तुल्याएको पुडासैनीले बताएका छन् । पछिल्लो समय गौप्राणीमाथि हुने गरेको अत्याचारले सीमा नाघिसकेको हुँदा गाईगोरुप्रतिको सामूहिक हत्याले नेपाली समुदायलाई चिन्तित तुल्याएको विज्ञप्तिमा उल्लेख छ । 

विज्ञप्तिमा भनिएको छ, ‘सीमा नाकाहरुबाट हुने गरेको गाइगोरुको तस्करीले नियमितता पाइरहँदा गाईका बाछाबाछीहरूलाई सानै उमेर बेवारिसे रूपमा छाडिदिने प्रवत्तिले सामाजिक विकृति र मान्छेभित्र खस्कँदै गरेको नैतिक आचरणलाई छताछुल्ल बनाएको छ । नदी किनार र सार्वजनिक स्थलबाट साना गाईबाछाहरुको हत्या गरी मासु लैजाने प्रवत्तिले निरन्तरता पाइरहँदा मस्त निदाएको हाम्रो प्रशासन यत्तिको ठूलो संख्यामा गाईगोरुको हत्या हुँदा थोरै ब्युँभिएको आभास मिलेको छ ।’ 

अभियन्ता पुडासैनीले राष्ट्रिय जनावरको हत्या भनेको राष्ट्रमाथि गद्दारी गर्नु बताएका छन् । राष्ट्रिय जनावरमाथि हुने अन्याय र क्रूरता अब अन्त्य हुनुपर्ने उनले बताएका छन् । कृषकहरुले साना बाछाबाछीमाथि गर्ने क्रूर व्यवहार र उमेर नपुग्दै छाडा छाड्ने प्रवृत्ति अन्त्य हुनुपर्ने उनले बताए । पुडासैनीले प्रत्येक नगरमा कम्तीमा एउटा कान्जी हाउसको व्यवस्था हुनुपर्ने बताए । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर