• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

श्रीमानबाट हत्या गरिएकी महिलाको शव फेला

खजुरा । बाँके जिल्लाको डुडुवा गाउँपालिका–६ हिरमिनियामा श्रीमानबाट हत्या गरिएकी साकरुन बेहनाको शव भेटिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिका–२३ जंगलीसिंह पूर्व बस्ने शेरअली शेषले आफ्नै श्रीमती २७ वर्षीया साकरुन बेहनाको हत्या गरी जिल्ला प्रहरी कार्यालयमा आत्मसमर्पण गरेका छन् । उनकै बयानका आधारमा शव भेटिएको हो । 

भारतको श्रावस्ती जिल्लामा माइत भएकी साकरुनको दुई छोरा छन् । शेषले दिएको बयानका आधारमा उनले श्रीमतीलाई नेपाल–भारत सीमास्थित भारतीय जंगल नजिकै हातले घाँटी थिचेर हत्या गरेको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । 

डेढ महिनाअघि विदेशबाट आएका ३० वर्षीय शेषले श्रीमतीको आचरणमाथि शंका लागेर हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन् । गत मंगलबार नै हत्या गरी शेष प्रहरी कार्यालयमा हाजिर भई आत्मसमर्पण गरेका छन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर