ताेडिदै भारतीय एकाधिकार, नेपाल र बंगलादेशबीच उर्जा क्षेत्रमा सहकार्य गर्ने समझदारी
(भिडियाेसहित)
काठमाडौं । नेपाल र बंगलादेशबीच शुक्रबार उर्जा सहकार्यसम्बन्धी समझदारीपत्रमा हस्ताक्षर भएकाे छ । समझदारीपत्रमा नेपालका तर्फबाट उर्जा, जलास्राेत ताथ सिंचार्इ मन्त्री बर्षमान पुन अनन्तले हस्ताक्षर गरेका थिए भने बंगलादेशकाे तर्फबाट उर्जा राज्यमन्त्री नसरुल हमिलले हस्ताक्षर गरेका थिए ।
हस्ताक्षर गर्नु पूर्व उर्जा राज्यमन्त्री हमिदले आजै विहान ११ बजे उर्जामन्त्री वर्षमान पुनसँग उनकाे कार्यकक्षमा भेटवार्ता गरेका थिए । भेटवार्ता पश्चात मन्त्रालयमै द्धिपक्षिय वार्ता भएकाे थियाे । करीब एक घण्टा चलेकाे बार्ता पश्चात इनर्जी को–अपरेसन सम्बन्धी समझदारी पत्र (एमओयू) मा हस्ताक्षर भएकाे हाे।
समझदारी पत्रमा नेपालबाट बंगलादेशले विद्युत खरिद गर्ने, नेपाली जलविद्युत क्षेत्रमा बंगलादेशको लगानी सहजीकरण गर्ने, नेपाल–बंगलादेशबीच उर्जा क्षेत्रमा सहकार्यका लागि सचिव र सह–सचिवस्तरीय संयन्त्र बनाउने जस्ता विषय समावेश छन् ।
नेपाल र बंगलादेशबीच उर्जा क्षेत्रमा लगानी, विद्युत् आदानप्रदानबारे औपचारिक तथा अनौपचारिक रुपमा लामो समयदेखि छलफल चलेपनि पहिलोपटक दुई देशबीच समझदारी भएकाे हो ।
विद्युतको उच्च माग भएपछि बंगलादेश पछिल्ला वर्षहरुमा विद्यतु आपूर्तिको विकल्प खोज्दैछ । नेपालले भने आगामी केही वर्ष भित्र बढी भएकाे विद्युत निर्यातका लागि भरपर्दाे अधार खाेजिरहेकाे छ । स्वदेशी लगानीमा निर्मित ४ सय ५६ मेगावाटको माथिल्लो तामाकोसीसहित निजी क्षेत्रबाट प्रवद्र्धित आयोजनाले उत्पादन थालेपछि मागभन्दा आपूर्ति धेरै हुने अनुमान गरिएको छ ।
नेपालमा खपत भएर बाँकी भएको विद्यतुत् बंगलादेश निर्यात गर्ने गरी समझदारीपत्रमा हस्ताक्षर भएकाे हो । बंगलादेशले आफुलाई अपुग विजुली भारतसँग पनि खरिद गर्दै आएको छ भने भुटानमा पनि जलविद्युतमा लगानी गरेको छ ।
उर्जा मन्त्री बर्षमान पुन अनन्त र बंगलादेशकाे तर्फबाट उर्जा राज्यमन्त्री नसरुल हमिलले हस्ताक्षर गर्नु पूर्व र गरेपछि दिनुभएकाे मन्तव्यकाे भिडयाे ः
हस्ताक्षर गर्नु पूर्व
हास्ताक्षर गरे पश्चात
प्रतिकृया दिनुहोस