• आइतबार ९-१-२०७५/Sunday 12-16-2018/ 11:09 pm

निकले स्विकारे प्रियंकासँगको इन्गेजमेन्ट

एजेन्सी । पछिल्लो केही समयदेखि अभिनेत्री प्रियंका चोपडा र गायक निक जोनसको सम्बन्धलाई लिएर चर्चा जारी छ । उनीहरुले सुटुक्क इन्गेजमेन्ट गरिसकेको बताइदै आएको छ । 

यसबारे प्रियंकालाई प्रश्न सोध्दा भड्किँदै आएकी छिन् र उनले आफ्नो नीजि जिन्दगी हो र यसबारेमा कसैप्रति जवाफदेही नभएको बताउछिन् । तर, अब यस खबरलाई निकले घुमाउरो पारामा स्विकारेका छन् । 

एक पत्रकारले निलाई प्रियंकासँग उसको इन्गेजमेन्टलाई लिएर शुभकामना दिए, जसमा निकले ‘धन्यवाद’ जवाफ दिए । यसलाई निकको इन्गेजमेन्टको खबरप्रति उनको अप्रत्यक्ष सहमति मानिएको छ ।   

निकले कुराकानीका क्रममा आफू अब चाँडै आफ्नो परिवार बनाउन चाहेको पनि बताए । उनले भने, ‘आफ्नै परिवार बनाउनु मेरो लक्ष्य हो । यो एक स्वाभाविक यस्तो कुरा हो जुन अब म चाहान्छु ।’

यद्यपी, निकले यससँगै विवाहको समयलाई लिएर भने अहिले केही पनि भन्न  नसक्ने पनि बताए । उनले भने, ‘म यसको सही समयबारे भने भन्न सक्दिन ।’

निकसँगको सम्बन्ध विस्तारका कारण प्रियंकाले फिल्म ‘भारत’ छोडेकोमा अभिनेता सलमान खान निक्कै रिसाएको बताइदै आएको छ । प्रियंकाले ‘भारत’मा मुख्य भूमिका निभाउने बताइएको थियो । 
 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

डान्सिङ गीत ‘गोरी हे गोरी’ (भिडियोसहित)

  • १ पौष, २०७५

काठमाडौं । गायक मुक्तिनाथ उप्रेतीको नयाँ गीत रिलिज भएको छ । ‘गोरी हे गोरीबोलको गीत चर्चित युट्युव च्यानल बुढा सुब्बा डिजिटल प्रा.लि. मार्फत

 ‘ए मन’ सार्वजनिक

  • १ पौष, २०७५

  काठमाडौं । नेपाली चलचित्र ‘आरोप को दोश्रो  गीत ‘ए मन’ सार्वजनिक भएको छ । गीतमा नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज, एस के अधिकारीको

अन्जु पन्त भन्छिन् ‘तिमीलाई माया गर्छु’

  • १ पौष, २०७५

काठमाडौं । चर्चित गायिका अन्जु पन्तको स्वरमा ‘तिमीलाई माया गर्छु’ गीतको भिडियो सार्वजनिक भएको छ ।उक्त गीतमा टेक तामाङको शब्द तथा अजुर्न पोखरेलको