• बिहीबार ८-२७-२०७५/Thursday 12-13-2018/ 11:31 pm

म्यानमारः एक महिनामा १८ हजार कामदार विदेश पुगे

याङ्गुन । म्यानमारका अधिकारीहरुले एकै महिनामा १८ हजार ९५४ भन्दा बढीलाई विदेशमा काम गर्न जाने अनुमति दिएको राज्यद्वारा सञ्चालित अखबार मिररले जनाएको छ । 

यस अवधिमा १६ हजार ३०७ कामदार छिमेकी देश थाइल्याडमा, १ हजार ८७१ जना मलेसियामा, ४३६ जना जापानमा र अरु बाँकी दक्षिण कोरिया, सिङ्गापुर, जोर्डन र संयुक्त अरब इमिरेट्स (युएई) पुगेका छन् । 

यद्यपी गत महिना म्यानमारको विभिन्न क्षेत्र र राज्यमा २३ हजारभन्दा बढी व्यक्तिलाई स्थानीय रोजगारको अवसर दिलाइएको थियो । म्यान्मारको श्रम, आप्रवासन तथा जनसंख्या मन्त्रालयले स्थानीय र वैदेशिक रोजगारको अवसर र व्यवस्थापन गरिआएको छ । 

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

श्रीलंकामा राजनीतिक अन्यौल गहिरिँदै, संसद भंग गर्ने राष्ट्रपतिको फैसला सर्वोच्चद्वारा असंवैधानिक ठहर 

  • २७ मङ्सिर, २०७५

एजेन्सी । श्रीलंकामा राजनीतिक संकट गहिरिँदै गएको छ । गएको अक्टोबर २६ देखि राजनीतिक संकट सुरु भएको थियो जब राष्ट्रपति सिरिसेनाले सबैलाई चकित पार्दै

कारबाहीमा १० तालिबान मारिए, १२ पक्राउ

  • २७ मङ्सिर, २०७५

घाज्नी । अफगानिस्स्तानको सरकारी सुरक्षाफौजले लडाकू विमानको सहयोगमा गरेको कारबाहीका क्रममा १० जना तालिबान लडाकू मारिनुको साथै १२ जना पक्राउ परेका

साउदीलाई सहयोग अन्त्य गर्ने विषयमा अमेरिकी सिनेट मतदान

  • २७ मङ्सिर, २०७५

वासिङ्टन । साउदी अरेबियाले यमनका हुथी विद्रोही विरुद्ध जारी आक्रमणमा अमेरिकी सैनिक सहायता अन्त्य गर्ने वा नगर्ने भन्ने विषयको छलफललाई खुला गर्ने