• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न प्रधानमन्त्री समक्ष माग 

काठमाडौं । रामप्रसाद राई स्मृति प्रतिष्ठानको प्रतिनिधि मण्डलले २००७ सालको जनक्रान्तिका योद्धा रामप्रसाद राईलाई राष्ट्रिय विभूति घोषणा गर्न माग गरेको छ । प्रधानमन्त्री केपी शर्मा ओलीलाई भेट्न बालुवाटार पुगेको प्रतिनिधि मण्डलले राष्ट्रिय विभूति घोषणा गर्ने प्रस्ताव प्रधानमन्त्री समक्ष बुझाएको हो । 

स्मृति प्रतिष्ठानका अध्यक्ष तारादेवी राई र रामप्रसाद राई फाउण्डेशनका अध्यक्ष शुष्मा राईले संयुक्त रुपमा बुझाएको प्रस्तावमा राईलाई राष्ट्रिय विभूति घोषणा गर्न सम्बन्धित निकायमा निर्देशनका लागि प्रधानमन्त्री समक्ष अनुरोध गरिएको छ । 

प्रतिनिधि मण्डलसँगको भेटका अवसरमा प्रधानमन्त्री ओलीले यस विषयलाई आफूले गम्भीरता पूर्वक लिएको र छलफल अघि बढाएर उपयुक्त निर्णय गर्ने वताएका थिए ।
  
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर