• २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024

पोखरावाट सुरुभयो राप्रपाको हिन्दु राष्ट्र पुर्नस्थापना जागरण अभियान 

निर्णायक जनसंघर्ष गर्ने अध्यक्ष थापाको घोषणा

पोखरा । राष्ट्रिय प्रजातन्त्र पार्टी नेपालले पोखरावाट हिन्दु राष्ट्र पुर्नस्थापना राष्ट्रिय जनजागरण अभियान सुरु गरेको छ ।

२०६३ सालमा देश धर्म्निरपेक्ष राष्ट्र घोषणा गरिएको झन्डै १२ वर्षपछि राप्रपाले हिन्दु राष्ट्र पुर्नस्थापनको माग राखेर आन्दोलन गर्ने संकेत गरेको हो । पोखरावाट सुरु भएको जागरण अभियान आगामी फागुनसम्म देशका ७ सय ५३ वटै स्थानीय तहमा सम्पन्न गर्ने र फागुन ७ पछि निर्याणक जनसंघर्ष गर्ने राप्रपा अध्यक्ष कमल थापाले वताए ।

पश्चिमाहरुको आर्थिक सहयोग र उनीहरुको ईसारामा हिन्दु धर्मको पहिचान नष्ट गर्ने काम भएको भन्दै नेता थापाले देशको पहिचानको रुपमा रहेको हिन्दु राष्ट्र पुर्नस्थापना गरेरै छाड्ने दृढता समेत व्यक्त गरे।‘अहिले जर्वजस्ती धर्म परिर्वतन गराउने कार्य डरलाग्दो डढेलोको रुपमा विकास भएको छ ।

१०,१२ वर्ष भित्रमा दशौँ लाखलाई धर्म परिर्वतन गराईएको छ।’थापाले भने,‘ आदिवासी जनजाति र दलितहरुलाई प्रलोभनमा पारेर धर्म परिर्वतन गराईएको छ। यो डरलाग्दो रुपमा अघि वढेको छ। यसलाई रोक्न नेपाललाई हिन्दुराष्ट्र पुर्नस्थापना गरिनु पर्दछ।’ जागरण अभियान शुभारम्भ कार्यक्रममा राप्रपाका केन्द्रदेखी जिल्लास्तरका विभिन्न नेताहरुले पनि हिन्दु राष्ट नेपाललाई पुर्नस्थापना गर्न माग गरेका थिए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर