• शुक्रबार १०-४-२०७५/Friday 01-18-2019/ 05:10 am

इंग्लिस प्रिमियर लिगमा म्यानचेष्टर युनाइटेडको विजयी सुरुवात,  माउरिन्होले गरे पोग्बाको तारिफ 

एजेन्सी । म्यानचेष्टर युनाइटेडले यो सिजनको इंग्लिस प्रिमियर लिगमा विजयी सुरुवात गरेको छ ।  

शुक्रबारदेखि सुरु भएको लिगको पहिलो खेलमा म्यानयुले लेस्टर सिटीलाई २–१ गोलले हराएको हो । म्यानयुले खेल सुरु भएको तेस्रो मिनेटमै पेनाल्टी पायो । जसको सदुपयोग गर्दै पल पोग्बाले सिजनको पहिलो गोल गरे । ओल्डट्राफोर्डमा भएको खेलमा एलेक्स सान्चेजको प्रहार डेनियल आमर्तेले हातले रोकेपछि म्यानयुले पेनाल्टि पाएको थियो ।

म्यानयुका लागि अर्को गोल ल्युक शले ८३ औँ मिनेटमा गरे । लेस्टर सिटीका लागि जेमी भार्डीले इन्जुरी समयममा एक गोल फर्काए । 

जितपछि म्यानयुका प्रशिक्षक जोसे माउरिन्होले पोग्बाको प्रशंसा गरे । रुस विश्वकपमा प्रभावशाली प्रदर्शन गरेर सबैको मन जितेका पोग्बा मात्र ४ दिनको अभ्यासपछि मैदान उत्रिएका थिए ।

पोग्बाले ८४ मिनेट मैदानमा बिताए तर त्यसको अपेक्षा नगरेको माउरिन्होले बताए ।  

प्रतिकृया दिनुहोस
प्राप्त प्रतिक्रिया
तपाईँको मत

नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा जोन कालिन

  • ३ माघ, २०७५

काठमाडौ । नेपाली राष्ट्रिय फुटबल टिमको प्रशिक्षकमा जोन कालिन आउने भएका छन् । अखिल नेपाल फुटबल संघ एन्फाको कार्यसमिति बैठकले स्वीडेनका कालिनलाई

२४ पटक ग्राण्डस्लाम जित्ने दाउमा सेरेना 

  • ३ माघ, २०७५

एजेन्सी । अमेरिकी टेनिस स्टार सेरेना विलियम्स अष्ट्रेलियन ओपन टेनिसको तेस्रो चरण प्रवेश गरेकी छिन् । क्यानडाकी इयुजिनी बुसालाई ६–२ र ६–२ को सोझो

भ्रष्टाचारबारे सामाचार लेखेको भन्दै पत्रकारको हत्या

  • ३ माघ, २०७५

एजेन्सी । अफ्रिकी देश घानाका खोज पत्रकार अहमद हुसैन सुएललाई गोली हानी हत्या गरिएको छ । घानाको फुटबल लिगमा भएको भ्रष्टाचारबारे खोजमुलक पत्रकारिता