चार वर्ष पहिले पोल गाडेपनि बलेन बिजुली 

बैतडी । बैतडीको पाटन नगरपालिका–८ को आरुबाटा तिम्ले टोलमा ४ वर्षमा पनि विद्युत् विस्तार हुन सकेको छैन् । कूल १२० बढी घरधुरी रहेको सो ठाउँमा विद्युत् विस्तारका लागि चारवर्ष पहिला पोल गाड्ने तथा तार जोड्ने काम भए पनि विद्युत् भने अहिलेसम्म शुरु भएको छैन् ।
    
केही पोल र तारको काम भए पनि काम बीचमै अधुरो रहेको स्थानीय वीरसिंह महराले बताए । विद्युत् प्राधिकरण र ठेकेदारको लापरवाहीका कारण गाउँमा विद्युत् विस्तार हुन नसकेको उनले बताए । 

विद्युत् विस्तारका लागि विद्युत् प्राधिकरणसँग पटक–पटक आग्रह गर्दा समेत कुनै सुनुवाइ नभएको उनले गुनासो गरे । ठेकेदारको लापरवाहीका कारण विद्युत् विस्तार नभएको र अबको केही दिनभित्रै काम सकेर सेवा शुरु गरिने विद्युत् वितरण केन्द्र पाटनका इञ्चार्ज पुष्पराज पन्तले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर