• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

कङ्गोमा इबोलाका कारण थप दश जनाको मृत्यु

एजेन्सी । लाेकतान्त्रीक गणतन्त्र कङ्गोको पूर्वी क्षेत्रमा इबोलाका कारण थप दश जनाको मृत्यु भएको छ । 

स्थानीय अधिकारीहरूले शुक्रबार दिएको जानकारी अनुसार अरु २७ जनाको पनि इबोलासम्वन्धी रोगका कारणले नै मृत्यु भएको आशङ्का गरिएको छ । 

दक्षिण किभु प्रान्तमा यही अगस्ट १ तारिखमा इबोलासम्वन्धी ४४ विरामी फेला परेको र अन्यस्थानमा पनि इबोलाको शंकास्पद विरामीहरु भेटिएको पुष्टी भएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । दशौँ लाख मानिस बस्ने गोमा सहरमा पनि दुई शंकास्पद विरामी भेटिएको अधिकारीहरूले जनाएका छन् । 

सन् १९७६ देखि कङ्गोमा इबोलाको प्रकोप अहिले दशौँ पटक देखिएको हो । पहिलो पटक कङ्गो नजिकै रहेको इबोला नदीमा यो रोगको पुष्टी भएको थियो । अहिलेको प्रकोप दक्षिण किभुको बेनी क्षेत्रमा फैलिएको छ । जुन ठाउँ युगाण्डा र रुवाण्डासँगको सिमा क्षेत्रमा पर्दछ । 

कङ्गोका विभिन्न ठाउँमा इबोलाका कारण यसअघि हजारौँको मृत्यु भइसकेको समाचारमा जनाइएको छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर