• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

फेवातालको बाँधबाट बगेर एकजना बेपत्ता

पोखरा । फेवातालबाट पाताले छाँगो जाने खोलामा बगेर एक युवक ४ दिनदेखि बेपत्ता भएका छन् । बेपत्ता हुनेमा म्याग्दी मङ्गला गाउँपालिका बरन्जा घर भइ हाल पोखरा २९ ठुलोखोर बस्ने वर्ष २४ वर्षीय विकास भुसाल रहेका छन् ।

उनी चार दिनदेखि बेपत्ता भएको पोखरा २९ प्रगतिटोल टोल विकास समितिका कोषाध्यक्ष वीरबहादुर खत्रीले जानकारी दिए । भुसाल साथीसँगै फेवाताल बाधँमुनिको खोलामा साउन २३ गते पौडी खेल्ने क्रममा खोलाले बगाएको थियो ।

उनलाई करिव एक सय मिटरसम्म खोलाले बगाएको प्रत्यक्षदर्शीले देखेको तर त्यसपछिको अवस्था थाहा नभएको खत्रीले बताए । भुसालको खोजी कार्य भैरहेको परिवारिक स्रोतले बताएको छ ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर