हतियार, नक्कली चेक र गरहनासहित धनगढीबाट तिनजना पक्राउ

धनगढी । धनगढीको चटकपुरबाट पेस्तोल र सुनका गरगहाना सहित पक्राउ परेका तिन जनालाइ जिल्ला प्रहरी कार्यालय कैलालीले सार्वजनिक गरेको छ । बिहीवार पत्रकार सम्मेलन गरि प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो र जिल्ला प्रहरी कार्यालय कैलालीले तीनै जनालाई सार्वजनिक गरेको हो ।

बुधवार प्रहरीको केन्द्रीय अनुसन्धान व्युरो सिआईवीको टोलीले धनगढी उपमहानगरपालिका–३ चटकपुरबाट चार थान पेस्तोल र सुनका गहनासहित धनगढी उपमहानगरपालिका–६ मटियारीका सञ्जय राणा भनिने सञ्जय राना, सोही ठाउँका कमल बि।क। र वडा नम्बर–३ का रुद्र प्रसाद अधिकारीलाई पक्राउ गरेको थियो ।

प्रहरीले उनीहरुको साथबाट चार थान पेस्तोल, तीन सय ७९ दशमलव ३६ ग्राम सुन, तमसुक र राष्ट्र बैंकका नक्कली कागजात समेत बरामद गरेको छ । विभिन्न व्यक्तिका नाममा रहेका १८ करोड तीन लाख ६४ हजार बराबरका २३ थान तमसुक समेत बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरिक्षक सुदिप गिरीले बताए ।

विभिन्न व्यक्तिका नाममा काटेका र खाली गरि ५७ वटा चेक पनि बरामद गरिएको उनले बताए । त्यसमा दुई करोड ४५ लाख रुपैँयाका काटेका चेक बरामद गरिएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट नक्कली चेक पनि बरामद गरिएको छ ।

एक सय ६ करोड रुपैँयाको राष्ट्र बैंकको एउटै नक्कली चेक पनि बरामद गरिएको कैलाली प्रहरीले जनाएको छ । छाप र नक्कली पत्र तथा कागजाहरु पनि उनीहरुको साथबाट प्रहरीले बरामद गरिएको छ ।

यस्तै प्रहरीले नापी कार्यालय, मालपोत, राजश्व, सञ्चार मन्त्रालय, धनगढी उप–महानगरपालिका, गोदावरी नगरपालिका र विभिन्न विभागका छापहरु बरामद गरेको छ । यस्तै राष्ट्र बैंकका गभर्नर सहित, कर अधिकृत, मालपोत अधिकृतको हस्ताक्षर छाप पनि बरामद गरेको छ ।

यस्तै पक्राउ परेका सञ्जय रानाको नाममा दुई वटा नागरिकता पनि भेटिएको छ । एउटा कैलाली र एउटा डोटीबाट उनले नागरिकता लिएको भेटिएको हो । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरिक्षक गिरीले लामो समयदेखिको प्रयासपछि उनीहरुलाई पक्राउ गर्न सफल भएको बताए ।

अहिले प्रारम्भिक अनुसन्धानका क्रममा उनीहरु मिटर ब्याज र हातहतियारको कारोवारी भएको खुल्न आएपनि विस्तृत रुपममा अनुसन्धान गर्न बाँकी रहेको उनले बताए । जिल्ला अदालत बाट ७ दिन म्याद थप गरि अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर