२९ लख अवैध रकम सहित एक जना पक्राउ

कैलाली । जिल्ला प्रहरी कार्यालय कैलालीले २९  लाख ८० हजार अवैध रकम सहित एक जनालाई पक्राउ गरेको छ । भारतीय नम्बर प्लेटमाको गाडीमा अवैध बस्तु रहेको गोप्य सूचनाको आधारमा प्रहरीले भारतीय नागरिक अतुल बर्मालाई उक्त रकम सहित पक्राउ गरेको हो ।

भारतीय नागरिकबाट २५ लाख नेपाली रुपैयाँ र ३ लाख भारतीय रुपैयाँ बरामद गरेको हो । युपी ३१ एके ७३४८ नम्बरको गाडीमा लुकाएर ल्याउँदै गरेको अवस्थामा उक्त रकम बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीका प्रमुख प्रहरी उपरीक्षक सुदिप गिरीले बताए । 

उनीसँग छ बटा विभिन्न बैैंकका एटिएम कार्ड समेत प्रहरीले बरामद गरेको छ । उनीबाट विभिन्न खाली चेक समेत भेटिएको छ ।पक्राउ गरेका व्यक्तिको धनगढीमा सुन पसल रहेको प्रहरीले जनाएको छ । ठुलो परिमाणमा रहेको नेपाली रकम उनले किन लुकाएर लैजाँदै थिए भन्ने विषय शङ्कास्पद रहेको प्रहरी प्रमुख गिरीले बताए ।

‘नेपाली रकमको लागि त त्यति समस्या छैन’ उनले भने ‘त्यो रकम पनि किन लुकाएर ल्याइँदै थियो भन्ने विषय भने शङ्कास्पद रहेको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर