प्रदेश २ : संविधान दिवस मनाउने कि नमनाउने भन्नेमा मन्त्रीहरु नै दुई खेमामा

जनकपुरधाम । संविधान दिवस मनाउने वा नमनाउने विषयलाई लिएर प्रदेश दुई सरकारका मन्त्रीहरु नै दुई खेमामा देखिएका छन् । सत्तारुढ समाजवादी पार्टीका मन्त्रीहरु संविधान दिवस मनाउने पक्षमा छन् भने राष्ट्रिय जनता पार्टी नेपालका मन्त्रीहरु संविधान  दिवसका दिन कालो दिवस मनाउने अडानमा रहेका छन् । 

राजपाले संविधान दिवसलाई कालो दिवसकै रुपमा मनाउने निर्णय गरेपछि प्रदेश दुई सरकारमा सहभागी राजपाका मन्त्रीहरु समेत पार्टीकै लाइनमा अगाडी बढ्ने बताउँछन् । यता समाजवादी पार्टीका मन्त्रीहरु पार्टीको निर्णय जे आउँछ, आउँछ तर सरकारको हैशियतले हामीलाई जे गर्नु पर्छ गर्छौँ प्रतिक्रिया दिन्छन् । 

प्रदेश दुई सरकारमा राजपाको नेतृत्व गरिरहेका भौतिक पूर्वाधार तथा विकास मन्त्री जितेन्द्र सोनलले प्रदेश दुई सरकारले असोज ३ गते भव्यतापूर्वक संविधान दिवस मनाउने बारे आफू लगायत राजपाका कुनै मन्त्रीलाई जानकारी नगराईएको दावी गरे । उनले भने ‘प्रदेश दुई सरकारको मन्त्रीपरिषदबाट जुन दिन संविधान दिवस भव्यतापूर्वक मनाउने निर्णय भएको थियो त्यो दिन न म उपस्थित थिए न राजपाका हाम्रा साथीहरु नै ।’

उनले संविधान संशोधनको मुद्दा यथावत नै रहेकोले यथास्थितिमा संविधान दिवसका दिन हर्ष गर्न सक्ने स्थिति नरहेको बताए । उनले भने ‘जुन संविधान जारी गर्नका लागि मधेशी जनता माथि लाठी चार्ज गरियो, कफर््यु लगाइयो, गोली दागियो त्यो संविधानका विभेदपूर्ण बुँदा संशोधन नभएसम्म हामी कालो दिवसकै रुपमा मनाउँछौँ ।’

संघ सरकारका एक मन्त्रीले संविधान दिवसकोे बिरोध गर्नेलाई कारबाही गर्छौँ भनेका छन् नि प्रश्नमा मन्त्री सोनलले भने ‘आवाज उठाउँदैमा कारबाही गर्ने रु हिम्मत छ भने कारबाही गरेर देखाओस ।’

यता प्रदेश सरकारका आन्तरिक मामिला तथा कानून मन्त्री ज्ञानेन्द्र कुमार यादवले प्रदेश सरकारले संविधान दिवस त मनाउँछ तर उत्साहपूर्वक होइन प्रतिक्रिया दिए । उनले प्रदेश सरकारले संविधान दिवस मनाउने निर्णय गरेको दिन राजपाका मन्त्रीहरु अनुपस्थित रहेको स्वीकार गर्दै छिट्टै उनीहरुलाई पनि जानकारी गराइने बताए । 

उनले भने ‘संविधान दिवस मनाउँदैमा हामीले संविधान संशोधनको मुद्दा बिर्सि सकेका छौँ त्यस्तो होइन, हामीले यो संविधानलाई आलोचनात्मक रुपमा संविधानलाई स्वीकार गरेका छौँ ।’ अगाडी भने ‘यही संविधानको बलमा हामी सरकारको नेतृत्व गरिरहेका छा्रैँ, सोही संविधानको नाममा सपथ ग्रहण गरेर मन्त्री भएका छौँ त्यसैले संविधान दिवस मनाउनु हाम्रो नैतिकता हो ।’

समाजवादी पार्टीले संविधान दिवसको बिरोध गर्ने निर्णय गर्छ भने त्यसपछि के गर्नु हुन्छ प्रश्नमा मन्त्री यादवले पार्टीको निर्णय आएपछि मात्रै त्यस विषयमा हामीले विचार गर्छौँ बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर