प्रदेश २ : विरगंजको एसिड आक्रमण विषयमा प्रदेशसभामा मुख्यमन्त्रीको कडा आलोचना

जनकपुरधाम । प्रदेश दुईको प्रदेशसभा सदस्यहरुले विरगंजमा युवतीमाथि भएको एसिड आक्रमण घटनालाई लिएर मुख्यमन्त्री लालबाबु राउतको कडा आलोचना गरेका छन् । 

शनिबार बसेको प्रदेशसभा बैठकमा प्रदेशसभा सदस्यहरुले प्रदेश सरकारले छोरीलाई पढाउनुभन्दा पहिले बचाउनु आवश्यक रहेको बताए । उनीहरुले मुख्यमन्त्री लालबाबु राउतसँग छोरी पढाउनुभन्दा पहिले बचाउन माग गरेका छन् ।
वीरगन्जको छपकैयामा १५ वर्षीया छात्रा मुस्कान खातुनमाथि एसिड आक्रमण घटनाप्रति घार भत्र्सना गर्दै प्रदेशसभा सदस्यहरुले दोषीमाथि कडा कारबाहीको माग  गरे । 

प्रदेशसभा बैठकको शून्य समयमा बोल्दै समाजवादी पार्टीकी प्रदेशसभा सदस्य करिमा बेगमले दोषीमाथि कडा कारबाहीको माग गरिन् । उनले एसिड आक्रमणबाट पीडित किशोरी मुस्कानको उपचारका लागि आवश्यक थप रकम उपलब्ध गराउन प्रदेश सरकारसँग माग गरेकी हुन् । उनले भनिन् ‘छोरी घरबाट निस्किन्छन् तर सकुशल घर फर्किने वा नफर्किने ठेगान हुँदैन, यो हाम्रो समाजको लागि दुर्भाग्यपुर्ण हो,। ’ 

राजपाका प्रदेशसभा सदस्य गणेशप्रसाद कुर्मीले प्रदेशमा छोरीहरुमाथि पटकपटक भईरहेको आक्रमण प्रदेश सरकारले अनुभुति गर्न नसकेको आरोप लगाए । 

उनले भने ‘बेटी पढाएर मात्र हुँदैन पहिले बेटी बचाउनुस्, दोषीलाई फाँसीको सजाय पनि कम हो । कडाभन्दा कडा कारबाही हुुनुपर्छ, ।’

समाजवादी पार्टीकी प्रदेशसभा सदस्य भिमा यादवले प्रदेश सरकारले चलाएको ‘बेटी पढाउ बेटी बचाउ’ अभियानको सफलतामाथि नै शंका व्यक्त गरे । 

नेकपा प्रदेशसभा सदस्य किशोरी साहले मुस्कान खातुनमाथिको आक्रमण अमानवीय रहेको भन्दै यस्ता घटनाहरु दोहरिन नदिनका लागि कठोरभन्दा कठोर कानून बनाउनु तर्फ ध्यान  दिनु पर्ने धारणा राखे ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर