प्रदेश २ का लोकसेवा आयोगको अध्यक्षले गरे शपथग्रहण

प्रदेशको नीति तथा योजना आयोगको उपाध्यक्षमा भोगेन्द्र झा

जनकपुरधाम । प्रदेश २ लोकसेवा आयोगको अध्यक्षमा नियुक्त भएका सुरेन्द्रप्रसाद यादवले शपथ ग्रहण गरेका छन् । यादवले एक कार्यक्रमबीच आइतबार प्रदेश लोकसेवा आयोग अध्यक्ष पदको पद तथा गोपनियताको शपथ ग्रहण गरेका हुन् । उनलाई प्रदेश प्रमुख रत्नेश्वरलाल कायस्थले शपथग्रहण गराएका हुन् । 

प्रदेश लोकसेवा आयोग अध्यक्ष पदको शपथग्रहणपछि यादवले नेपालको संविधानको परिधिभित्र रही मूल्यमान्यताअनुरूप निष्पक्षपूर्वक कार्य गर्ने प्रतिक्रिया दिए । आजै अध्यक्ष पदको शपथग्रहण गरेकाले यसको अध्ययन अनुसन्धान गरेपछि चाँडै नै प्रदेश लोकसेवाको प्रक्रिया अगाडि बढाउने प्रतिबद्धता व्यक्त गरे । 

अध्यक्ष यादवले यो आफ्ना लागि अवसर र चुनौती रहेकाले आयोगको विश्वसनीयतालाई कायम राख्ने गरी काम अगाडि बढाउने बताए । 
प्रदेश दुईको लोकसेवा आयोगको अध्यक्ष सुरेन्द्रप्रसाद यादव सिरहा निवासी हुन् । उनी सिरहास्थित सूर्यनारायण सत्यनारायण मोरबैता क्याम्पसमा अध्यापन गराउँदै आएका थिए । उनी अंग्रेजी विषयका सहप्राध्यापक हुन् । 

यता, आइतबार नै प्रदेश नीति तथा योजना आयोगको उपाध्यक्षमा डा. भोगेन्द्र झालाई नियुक्त गरिएको हो । उनलाई डा. हरिवंश झालाई हटाउँदै प्रदेश सरकारले नीति तथा योजना आयोगको उपाध्यक्षमा भोगेन्द्र झालाई नियुक्त गरिएको हो । 

नीति तथा योजना आयोगको उपाध्यक्षमा नियुक्त भएपछि झाले नेपालमा संघीयता ल्याउन प्रदेश दुईले महत्त्वपूर्ण योगदान गरेकाले संघीयता संस्थागत गर्न भौतिक पूर्वाधार निर्माण तथा समृद्धिको परिकल्पना पूरा गर्न पनि प्रदेश दुुईले भूमिका निर्वाह गरोस् मेरो चाहना रहेको बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर