• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

१५ वर्षमा १० छोराहरु जन्मपछि छोरीको जन्म

एजेन्सी । बेलायतमा एक दम्पतिले १० छोरा जन्मिएपछि एघारौँ सन्तानको रुपमा छोरी जन्मिएपछि उनीहरुको खुशीको सीमा छैन । 

१५ वर्षअघि २२ वर्षको उमेरमा एलेक्सिस ब्रिटले पहिलो छोराको जन्म दिएकी थिइन् । त्यसपछि १८ महिनाको फरक नौँ सन्तानको जन्म भयो, त्यसमा पनि सबै छोरा नै जन्मिए । एलेक्सिस र उनका श्रीमान् डेभिडलाई बेलयातको १० छोराको आमा–बुबाको रुपमा चिनिन्थ्यो । 

तर, अब यी दम्पतीको परिवार छोरीको आगमन भएको छ । छोरीलाई कोक्रोमा हल्लाउँदै ३९ वर्षीया एलेक्सिस डेली मेलसँग भनिन्, ‘फेरी पनि छोरा नै जन्मियो भनिन्छ भन्ने मलाई लागि रहेको थियो । तर, होइन छोरी रहेछ । म एकछिन त आश्चार्यमा परे तर खुशी पनि थिए । यो उत्कृष्ट महशुस हो ।’

छोरी नाम क्यामेरोन राखिएको छ । ४४ वर्षीय डेभिड एक टे«न ड्राइभर हुन् । क्यामेरोनको दाजुहरु उनको जन्मले निक्कै खुशी भएको उनी बताउँछन् । 

क्यमेरोनको जन्म गत २७ अगस्टका दिन भएको थियो । उनको सबैभन्दा जेठो दाई १७ वर्षले जेठा छन् भने कान्छ दुई वर्षले ठूला छन् । 

‘अब चाहि हामी सन्तान उत्पादन बन्द गर्ने निर्णय गरेका छौँ’, एलेक्सिस हाँस्दै भन्छिन्, ‘अब मेरो परिवार पूर्ण भएको छ र मलाई मेरो परिवार यतिमै माया गर्छु ।’

एलेक्सिस र डेभिड सन् १९९८देखि सँगै छन् । उनीहरको घरमा जम्मा ५ वटा कोठा छन्, जसमा छोराहरु मिलेर बस्छन् । छोरी ठूली भएपछि उनलाई आफु्नै कोठा चाहिन्छ, जसका लागि उसको सबैभन्दा ठूलो दाईले आफ्नो कोठा छोडेर घर बनाउनु पर्ने दम्पति बताउँछन् । 

दम्पतिको घरमा दुई ठू–ठूला फ्रिज छन्, जसमा राखिएका खानेकुराले एक साता पुग्न पनि हम्मे पर्छ । हिजोआज डेभिड सातामा तीन पटक सुपरमार्केट जानुपर्छ ।

यो परिवारको साप्ताहिक खर्च तीन सय डलर अर्थात् नेपाली ३४ हजार रुपैयाँ छ । भान्साको काम डेभिड र एलेक्सिस मिलेर गर्छन् । घरमा सातामा ८० पटक नुहाईधुवाई चल्छ र वासिङ मेसिन दैनिक ७ पटक चल्छ । 

त्यस्तै, एलेक्सिस घरमा ७ पटक भ्याकुम लाउछिन् । ‘वरिपरि केटाकेटी कुदिरहँदा सजिलो चाहि पक्कै हुँदैन, तर मलाई सबै कुरा सफा र मिलेको मन पर्छ’, एलेक्सिस भन्छिन् । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर