• २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024

पाल्पामा स्वास्थ्य बिमा कार्यक्रम ‘निल्नु न ओकल्नु’

पाल्पा । पाल्पामा स्वास्थ्य विमा गरेका बिरामीहरूले उपचारमा सास्ती खेप्दै आएका छन् । सरकारले ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी भएपनि उपचारका लागि अन्य अस्पतालमा जानुपर्ने बाध्यताका कारण बिरामीले सास्ती खेप्दै आएका छन ।

जिल्लाको अधिकांश गा्रमिण क्षेत्रबाट उपचारका लागि आउने बिरामीले जिल्ल अस्पतालबाट रेफर लिएर अन्य अस्पतालमा जानुपर्ने भएको हुदाँ दोहोरो मारमा परेका छन । बिरामीको उपचारका लागि पहिलो पटक सरकारी अस्पतालमा जानुपर्ने र त्यहाँ उपचार नभएर अन्य अस्पतालमा जानुपर्ने भएको कारण जिल्ला अस्पताल रेफरल सेन्टरका रुपमा रहेको छ ।

बिहान ९ बजेदेखि जिल्ला अस्पताल पुगेका बिरामीले साझको ४ बजेसम्म पनि पालो नपाउने भएको हुदाँ बिरामीलाई उपचारमा २ दिन बिताउनुपर्ने भएको बगनासकाली गाउँपालिकाबाट उपचारमा आएका बिष्णु बस्यालले बताए । बस्याल त उदाहरण मात्र हुन जिल्ला अस्पतालमा बिहान देखि बेलुकासम्म रेफर लिनेको भिडभाड मात्र देखिनछ उपचारमा संलग्न डाक्टर भन्दा रेफर दिने कर्मचारी धेरै व्यस्त देखिन्छन् । 

जिल्लाका हरेका प्रकारका सार्वजनिक सरोकारका बिषयको छलफलमा यो समस्याको बारेमा कुरा उठ्ने गरेपनि यसको समाधान हुन नसक्दा बिरामीले सास्ती खेप्नु परेको हो । 

सरकारी अस्पतालमा उपचार गर्ने व्यवस्था नहुनु र अन्य अस्पतालमा उपचारका लागि धाउनुपर्ने हुदा बिरामीलाई यातायात, बास बस्न होटलको खर्च र दुई दिनदेखि ३ दिनसम्म खर्चिनु परेको छ ।  पाल्पामा एक लाख १० हजार बढी स्वास्थ्य बिमा गरेका बिमित परिवार रहेका छन। पछिल्लो समय पाल्पामा भाइल ज्वरोका बिरामी बढेसंगै पाल्पा अस्पतालमा दैनिक ५ देखि ७ सयसम्म बिरामी आउने गरेका छन । तर उनिहरु उपचारका लागि नभएर सबै रेफर लिनका लागि अस्पताल पुग्ने गरेका छन । रेफर लिनका लागि अस्पताल पुगेका बिरामीले समयमा रेफर पाउन नसक्दा धेरै झण्झट बेहोर्नु परेको बिरामीको गुनासो रहेको छ । 

अस्पतालमा रिफर गर्ने छुट्टै डेस्क समेत नहुँदा रिफरमा समस्या भएको अस्पतालका निमिक्त डाक्टर पुष्प ज्ञवालीले बताए । 

अस्पतालमा आवश्यक पूर्वाधार र जनशक्ति विना नै स्वास्थ्य विमाको कार्यक्रम सञ्चालन हुँदा समस्या भएको ज्ञवालीले बताए ।  सरकारले जनताको सेवाका लागि ल्याएको स्वास्थ्य बिमा कार्यक्रम प्रभावकारी हुन नसक्दा बिरामीका लागि  ‘निल्नु न ओकल्नु’ भएको छ । यसका लागि सम्बन्धीत सरोकारवालले बेलैमा ध्यादिन जिल्लाबासीाहरुले अनुरोध समेत गरेका छन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर