• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

सतहमा पानी भएकाे ग्रह फेला पर्याे, जीव हुन सक्ने वैज्ञानिककाे अनुमान

एजेन्सी । खगोलविदले निकै परको एक ताराको ह्याबिटिएबल जोनलाई परिक्रमा गरिरहेको ग्रहमा पहिलो पटक पानी फेला परेका छन् । के२–१८बी नाम गरेको सो ग्रहमा पानी भेटिएपछि त्यहाँ एलियन वा अरु कुनै प्राणीको जीवन हुन सक्ने अनुमान गरिएको छ ।

अबको १० वर्षभित्र नयाँ टेलिस्कोपले के२–१८बी को पर्यावरणमा जीवित प्राणीबाट उत्पादन भएको ग्यास छ वा छैन भन्ने पत्ता लगाउन सक्ने खगोलविदले बताएका छन् ।

के२–१८बी मा पानी भेटिएको सम्बन्धी अनुसन्धानको विस्तृत विवरण वैज्ञानिक जर्नल नेचर एस्ट्रोनोमीमा प्रकाशित भएको छ । प्रमुख अनुसन्धानकर्ता वैज्ञानिक प्रा. गिओभाना टिनेट्टीले यो उपलब्धी उत्साहप्रद रहेको बताएका छन् । उनी युनिभर्सिटी कलेज लण्डनमा अध्यापन गर्छन् ।

ग्रहको ह्याबिटिएबल जोनमा पानी फेला परेको यो पहिलो पटक रहेको र यसले त्यहाँ जीवन रहेको सम्भावना देखिएको उनले बताएका छन् ।

कुनै पनि तारा वा ग्रहको ह्याबिटिएबल जोन भन्नाले त्यस्तो अवस्थालाई भनिन्छ जहाँको तापक्रम पानी तलर अवस्थामा रहन सक्ने हुन्छ र ग्रहको सतहमा पानी पाइन्छ ।

के२–१८बी १११ प्रकाश वर्ष अर्थात ६५० मिलियन मिलियन माइल पर रहेको छ । निकै पर रहेकाले त्यहाँ कुनै उपकरण पठाउन सम्भव रहेको छैन । यसले गर्दा नयाँ संस्करणको टेलिस्कोप पर्खनु बाहेक अर्को विकल्प छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर