• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

महिलाको हत्या गरेको आरोपमा पक्राउ 

झापा । ३५ वर्षीया महिलाको हत्या गरेको आरोपमा प्रहरीले झापा गौरादह नगरपालिका–६ दामुनाका  ४५ वर्षीय पुण्य चुँडाललाई पक्राउ गरेको छ । गत भदौ २१  गते आफूसँगै बस्दै आएकी नाम नखुलेकी सिर्जना भनेर बोलाउने आफ्नै प्रेमिकालाई कुटपिटपछि छोडेर हिँडेको र उनको उपचारका क्रममा भदौ २२ गते कोशी अञ्चल अस्पतालमा मृत्यु भएपछि प्रहरीले चुँडाललाई खोजी गरिरहेको थियो ।

कुटपिटपछि मोरुङ रतुवामाई नगरपालिका–६ का हरिबहादुर खड्काको गाई गोठमा महिलालाई छोडेर चुँडाल भागेका  थिए । शरीरका विभिन्न भागमा चोट लागेकी महिलाको रंगेली अस्पतालमा उपचार सम्भव नभएपछि प्रहरीले कोसी अञ्चल अस्पताल ल्याएको मोरङ प्रहरीका प्रवक्ता प्रहरी नायब उपरीक्षक घनश्याम श्रेष्ठले बताए ।     

लामो समयदेखि प्रेम सम्बन्धमा रहेका उनीहरू विगत एक महिनायता रतुवामाई नगरपालिका–६ मा  बस्दै आएको मोरङ प्रहरीका प्रवक्ता श्रेष्ठले बताए । चुँडाललाई पक्राउ गरी मुलुकी अपराध संहिता २०७४ को ज्यानसम्बन्धी कसुरअन्तर्गत थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । शवको परीक्षण कोसी अञ्चल अस्पतालमै गरिए पनि जिम्मा लिने कोही नभएका कारण शवगृहमा राखिएको प्रहरीले जनाएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर