• २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024

भाषासम्बन्धी सरकारको तथ्यांक सही नभएको दाबी 

काठमाडौं । नेपाल प्रज्ञा प्रतिष्ठानका उपकुलपति जगमान गुरुङले भाषासम्बन्धी सरकारको तथ्यांक सही नभएको दाबी गरेका छन् । उपकुलपति गुरुङले केन्द्रीय तथ्यांक विभागले सार्वजनिक गर्दै आएको भाषासम्बन्धी तथ्यांक मिथ्यांकको रूपमा रहेको उल्लेख गर्दै त्यसलाई सच्याउनुपर्ने पनि स्पष्ट पारे । 

बिहीबार केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना २०७८ को तयारीको सन्दर्भमा आयोजना गरेको ‘भाषा तथा जातजाति’सम्बन्धी अन्तरक्रिया कार्यक्रममा बोल्दै उनले भाषाशाष्त्रीहरूले समेत भाषासम्बन्धी तथ्यांकलाई मिथ्यांक बनाउने समस्या रहेको पनि स्मरण गराए । उपकुलपति गुरुङले भाषा तथा जातजातिसम्बन्धी तथ्यांक निर्माण गर्दा समुदाय फरक भए पनि उनीहरूको भाषा एउटै हुने गरेकाले सोहीअनुसारको तथ्यांक निर्माण गर्न पनि केन्द्रीय तथ्यांक विभागको गम्भीर ध्यानाकर्षण गराए । 

केन्द्रीय तथ्यांक विभागले भाषा तथा जातजातिको तथ्यांक परिमार्जन गर्न सरोकारवाला निकायसँगको छलफललाई निरन्तरता दिएको हो । विज्ञहरूको सुझावलाई समेत ध्यानमा राखेर भाषा तथा जातजातिहरूको तथ्यांक परिमार्जन गर्न सोसम्बन्धी अन्तरक्रिया कार्यक्रम आयोजना गरिएको विभागका उपमहानिर्देशक हेमराज रेग्मीले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर