• २०८१ बैशाख ११ मंगलबार
  • Tuesday, 23 April, 2024

फ्रान्सले फेसबुकको डिजिटल मुद्रा ‘लिब्रा’ युरोपमा प्रयोगमा ल्याउन नदिने

पेरिस । फ्रान्सले फेसबुक कम्पनीले जारी गर्न लागेको लिब्रा नामको क्रिप्टोकरेन्सी (विद्युतीय मुद्रा)लाई युरोपमै प्रतिबन्ध लगाउने चेतावनी दिएको छ । 

यस मुद्राका कारण युरोपेली सरकारहरुको ‘मुद्रा सम्प्रभूता’ संकटमा पर्ने खतरा रहने भन्दै फ्रान्सले उक्त चेतावनी दिएको हो ।

‘म के कुरामा प्रष्ट छु भने युरोपेली मुलुकमा यो मुद्रा अहिलेकै अवस्थामा सञ्चालनमा विल्कुलै प्रयोगमा ल्याउन दिइने छैन,’ फ्रान्सका अर्थमन्त्री ला मायरले भने । उनले ओइसिडी सम्मेलनको उदघाटनका अवसरमा भने । 

गत जुलाईमा फेसबुकले डिजिटल मुन्द्रा एप घलिब्रा’ लञ्च गरेको थियो । 

हाल परिक्षणमा रहेको यो एप सन् २०२० सम्ममा आम प्रयोगकर्ताका लागि तयार गरिने बताइएको छ । एप लञ्च भएपछि फेसबुकको सबै प्लाटफ्म जस्तै, म्यासेन्जर, ह्वाट्एप र इन्स्टाग्राममा काम गर्नेछ ।  

प्रयोगकर्ताको पैसा र जानकारी सुरक्षित रहने फेसबुकले बताएको छ । यसका लागि फेसबुकले केही भेरीफिकेसन प्रक्रिया अपनाउनेछ । 

त्यस्तै, फेसबुक म्यासेन्जरमा पैसा पठाउन र प्राप्त गर्न सकिनेछ ।  ह्वाट्एपको माध्यमबाट पनि रकम लेनदेन गर्न किनेछ । 

प्रयोगकर्तालाई एक डिजिटल वालेट उपलब्ध गराइनेछ, जसबाट उनीहरुले लेनदेनको जानकारी लिन सक्छन् र पैसा पठाएबापत कुनै कर लाग्नेछैन । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर