• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

डेंगुबाट प्रदेश ३ सबैभन्दा बढी प्रभावित, मुलुकभर ८ हजार ९० संक्रमित : स्वास्थ्य सेवा विभाग

काठमाडौं । स्वास्थ्य सेवा विभाग इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले डेंगु संक्रमणबाट प्रदेश नम्बर ३ बढी प्रभावित भएको जनाएको छ ।

विभागले विहीबार संचारकर्मीसंग अन्तरक्रिया गर्दै सबैभन्दा बढी प्रदेश ३ डेंगुबाट प्रभावित भएको जनाएको हो । जिल्लागत रुपमा भने चितवन सबै भन्दा बढी प्रभावित भएको छ । त्यसैगरी मकवानपुर दोश्रो र तेश्रोमा कास्की जिल्ला डेंगु संक्रमणबाट प्रभावित भएको विभागका निर्देशक डाक्टर विवेक कुमार लालले जानकारी दिए । रोगको ठ्याक्कै उपचार नभएकाले लक्षणका आधारमा उपचार गर्नुपर्ने उल्लेख गर्दे उहाँले आफुखुसी औषधी सेवन नगर्न पनि सबैलाई आग्रह गरे ।

उनले लामखुट्टे नियन्त्रण नै डेंगु नियन्त्रणको प्रभावकारी उपाय भएकाले विभाग तथा सम्बन्धीत निकायहरुले सबै सम्बन्धित निकायसंग समन्वय गरि लामखुट्टे नियन्त्रण, उपचार र सबै प्रदेशका स्वास्थ्यकर्मीहरुलाई तालिम दिने काम भईरहेको जानकारी दिए ।

खोप तथा औषधीबाट डेंगु निर्मुल गर्न नसकिने भएकाले सरकारले काम गरेन भनेर दोष दिन नमिल्ने तर्क उनले गरे । घरघरमा रहेका भाडामा रहेको पानी, प्लाष्टिकका जगमा रहेको पानी तथा गमलामा वृद्धि हुने लामखुट्टे भएकाले सबैका घरमा गएर सरकारले सरसफाई गर्नुपर्ने भन्ने कुरा तर्कसंगत नहुने भएकाले प्रत्येक व्यक्ति आफंैमा सजग हुनुपर्ने बताए ।

विभागका अनुसार हाल मुलुकभर ८ हजार ९० जना डेंगुबाट संक्रमति भएका छन् । काठमाण्डौ उपत्यकामा मात्रै असार यता १ हजार १ सय ५० जना डेंगुबाट संक्रमित भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर