• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

त्यसपछि इन्द्रजात्रामा पछि हट्यो राष्ट्रपतिको सवारी ...

काठमाडौं । शुक्रबार काठमाडौंका बसन्तपुरमा इन्द्रजात्रा अवलोकनका लागि पुगेकी राष्ट्रपति विद्यादेवी भण्डारीको सवारीलाई भीडभाडले पछि हट्न बाध्य बनाएको छ । राष्ट्रपति भण्डारी शुक्रबा अपरान्ह ४ बजे बसन्तपुर पुगेकी थिइन् । 

हरेक वर्ष मनाइने इन्द्रजात्रा पर्वको अवलोकनका लागि त्यहाँ पुगेकी भण्डारीको सवारीलाई भीडभाडले रोकेको थियो । सवारीको समय र भैरवलाई कुमारी घरमा छिराउने समय एउटै परेकाले पहिलो प्राथमिकता भैरवलाई दिनपर्ने भन्दै युवाहरुले राष्ट्रपति भण्डारीको गाडीलाई रोकेर पछाडी फर्काएका हुन् । 

केही समयको सुरक्षाकर्मी र युवाबीचको भनाभन भएपछि राष्ट्रपतिको गाडी पछि हट्न बाध्य भएको हो । विशेषतः इन्द्रजात्रामा राष्ट्र प्रमुखको उपस्थितिपछि मात्रै कुमारी निकाल्ने र रथ तान्ने गरिन्छ । 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर