• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

आकर्षक उपहार भन्दै ठगी गर्ने ६ भारतीय नागरिक पक्राउ

धनगढी । प्रहरीले धनगढीमा आकर्षक उपहार भन्दै ठगी गर्ने ६ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ। शुक्रबार धनगढी उपमहानगरपालिका–४ बाट उनीहरूलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। पक्राउ पर्नेमा भारतको उत्तरप्रदेश जिल्लाको बहराइच ताहसिल पचागपुरका २६ वर्षीय शैलेश त्रिपाठी, सोही ठाउँका २९ वर्षीय निरन्जन सिंह, २४ वर्षीय नरपति सिंह २३ वर्षीय आशिष सिंह, ३० वर्षीय बिन्देश्वरी सिंह र ३९ वर्षीय पंकज कुमार तिवारी रहेका छन्।

उनीहरूले एक सय रुपैयाँमा स्क्रयाच कार्ड खरिद गरेमा साढे चार हजारसम्मको आकर्षक उपहार पर्ने र एक महिनापछि चिठ्ठामा परेको सामान डेलिभरी हुने भन्दै १० दिनदेखि ठगी गर्दै आएको पाइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। 

यस्तै, प्रहरीले उनीहरूको साथबाट ४५ हजार नगदसहित तीन थान मोबाइल, चार खोलेका र सात सय खोल्न बाँकी कुपन पनि बरामद गरिएको जनाएको छ। उनीहरूले धेरै व्यक्तिलाई ठगी गरेको बुझिएकाले पीडितलाई सम्पर्कमा आउन पनि प्रहरीले आग्रह गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर