• २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024

बिनासेक्स पनि चरमसुख ! जान्नुहोस्, सेक्स र योनिसँग जोडिएका ६ रोचक प्रसंग

काठमाडौं । भजाइना अर्थात् योनिका बारेमा सामान्यतया सबैलाई थाहा नै हुन्छ । योनिसँग जोडिएका केही कुरा रोचक मात्र होइनन्, स्वास्थ्य, यौन र यौन सन्तुष्टिसँग पनि जोडिएको हुन्छ । केही समयवाधिका लागि योनिले आफ्नो सफाइ र स्वास्थ्यको ध्यान आफैँ राख्छ । जान्नुहोस् अन्य रोचक प्रसंगः 

योनिले लिंगलाई तान्छ ? 

भेजाइनल मसल्स अर्थात् योनिको मांसपेशी निक्कै कसिलो हुन्छ । सायद तपाईले कहिल्यै ध्यान दिनुभएको छैन होला, यौन सम्पर्कका दौरान योनिको भित्री मांसपेशीले लिंगलाई आफूतर्फ तान्छ । यो स्थितिले खाली सेक्सका दौरान उत्तेजना बढाउने मात्र होइन, चरम सुखसम्म पुर्याउन पनि सहयोग गर्छ । 

लिंगजस्तै योनि पनि

लिंगजस्तै भजाइना पनि इरेक्सन अर्थात् सक्रिय हुन्छ । योनिमा हुने इरेक्सन हामी देख्न सक्दैनौँऽ त्यो अर्को कुरा भयो, तर उत्तेजनाको त्यो क्षणमा योनि पनि त्यसरी नै सक्रिय बन्छ जसरी लिंग हुन्छ । यद्यपि, पुरुषको तुलनामा महिलालाई इरेक्सनको स्टेजसम्म पुग्न केही समय लाग्छ । भजाइना इरेक्ट हुँदा क्लिटोरिस हल्का मोटो र केही सन्निनुका साथै बढी सेन्सेटिभ हुनपुग्छ । 

योनिले आफ्नो सफाइ आफै‌ गर्छ

यदि तपाईको योनिमा सीमित मात्रामा सेतो पदार्थ बग्छ र यसमा कुनै पनि प्रकारको गन्ध वा यसका कारण चिलाउने, पोल्नेजस्ता समस्या भइरहेको छैन भने यो तपाईको योनि स्वास्थ्य र भित्र आफै‌ सफा गरिरहेको छ भन्ने संकेत हो । यस्तो सेतो पदार्थले हानिकारक ब्याक्टेरियालाई गर्भाशयमा जानबाट रोक्छ । तर, बाहिरी भागको सफाइ तपाई‌ आफैँले गर्नुपर्ने हुन्छ

कण्डमबाट सुरक्षा

यदि तपाई‌लाई लाग्छ कि महिनावारीको समय ट्याम्पुन वा सेक्सका दौरान कण्डमभित्र गएर गर्भाशय वा अर्को अंगलाई असर पुर्याउन सक्छ भने चिन्ता नलिनुहोस् । किनकि योनि र गर्भाशयबीच सर्भिक्सको रूपमा काम गर्छ । 

योनिको रंग परिवर्तन हुन्छ

सामान्यतया योनिको रंग हल्का हुन्छ, तर उत्तेजनाका दौरान रक्तचाप बढ्ने भएका कारण यसको बाहिरी भागमा रंग पहिलेको भन्दा गाढा हुँदै जान्छ । जतिजति महिला उत्तेजनाको शिखरमा पुग्छिन्, उति योनिमा पनि परिवर्तन आउँछ । 

बिनासेक्स पनि चरमसुख

सम्भव छ कि बिनायौनसम्पर्क पनि तपाई‌ चरमसुख महसुस गर्नुहुन्छ । यस्तो व्यायामका दौरान हुनसक्छ । यस प्रकारको अर्गाज्मलाई ‘एक्सरसाइज इन्ड्युस्ड अर्गाज्म’ भनिन्छ । बाइकिङ, स्पिनिङ, वेट लिफ्टिङ, पोल क्लाइम्बिङ वा रोप क्लाइम्बिङ जस्ता व्यायामबाट हुनसक्छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर