• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

रियल मड्रिड जित्यो, एथ्लेटिको मड्रिड पराजित

एजेन्सी । स्पेनिस ला लिगा फुटबल अन्तर्गत शनिबार राति भएको खेलमा रियल मड्रिड विजयी भएको छ । घरेलु मैदानमा भएको खेलमा रियल मड्रिडले लेभान्टेलाई ३–२ ले पराजित गरेको हो ।

रियल मड्रिडको जितमा करिम बेन्जिमाले दुई तथा कासेमिरोले एक गोल गरे । लेभान्टेका लागि मायोरल र मेलेरोले एक एक गोल गरेका हुन् ।
रियल मड्रिडले पहिलो हाफमा तीन गोल गरेर दोस्रो हाफमा दुई गोल खायो । उसका लागि बेन्जिमाले २५ र ३१ औँ मिनेटमा तथा कासेमिरोले ४० औँ मिनेटमा गोल गरे । लेभान्टेका लागि मायोरलले ४९ तथा मेलेरोले ७५ औँ मिनेटमा गोल गरेका हुन् ।

जितपछि दोस्रो स्थानमा उक्लिएको रियल मड्रिडको चार खेलबाट ८ अंक भएको छ।
शीर्ष स्थानको एथ्लेटिको मड्रिड भने शनिबार राति भएको खेलमा रियल सोसिडाडसँग पराजित भयो । अवे मैदानमा भएको खेलमा एथ्लेटिको मड्रिड २–० ले पराजित भएको हो ।

पराजित भए पनि ९ अंकसहित  शीर्षस्थानमा कायम छ । अर्को खेलमा भिल्लारियलले लेगानेसलाई ३–० ले पराजित गरेको छ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर