• २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024

इंग्लिस प्रिमियर लिगः नर्विच सिटीसँग म्यानचेस्टर सिटी पराजित

एजेन्सी । इंग्लिस प्रिमियर लिगअन्तर्गत शनिबार रातिको अन्तिम खेलमा नर्विच सिटीले म्यानचेस्टर सिटीलाई पराजित गरेको छ । नर्विचले म्यानचेस्टर सिटीलाई ३–२ ले पराजित गरेको हो । 

खेलको १८औं मिनेटमा केनी म्याकलिनको गोलबाट नर्विचले अग्रता बनाएको हो । २८औं मिनेटमा टोड क्यान्टवेलले नर्विचको अग्रता दोब्बर बनाए । तर, पहिलो हाफको अन्तिम मिनेटमा म्यानचेस्टर सिटीका सर्जियो अग्युएरोले गोल गर्दै खेललाई २–१ मा झार्न सफल भए । 

पहिलो हाफमा २–१ ले अगाडि रहेको नर्विचले ५०औं मिनेटमा पुनः अग्रता बढायो । नर्विचका टिमु पुकीले गोल गर्दै खेललाई ३–१ को स्थितिमा राखे । खेल सकिन दुई मिनेट बाँकी छँदा म्यानचेस्टर सिटीका रोड्रिगोले गोल गरे पनि खेल ३–२ ले सुम्पिन सिटी बाध्य भयो ।
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर