• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

ला लिगा: बार्सिलोनाको प्रभावशाली जितमा स्वारेजकाे २ गाेल

एजेन्सी । स्पेनी लिग ला लिगाअन्तर्गत शनिबार राति भएको खेलमा बार्सिलोनाले भ्यालेन्सियामाथि ५–२ काे शानदार जित निकालेको छ । बार्सिलोनाको जितमा लुइस स्वारेजले २ गोल गरेका छन् । 

खेलको दोस्रो मिनेटमै अंसु फाटीको गोलबाट अग्रता लिएको बार्सिलोनाले सात मिनेटमा अग्रता दोब्बर बनाएको हो । बार्सिलोनाका फ्रेन्की डी जोङले बार्सिलोनाको अग्रता दोब्बर बनाएका हुन् । 

खेलको २७औं मिनेटनमा भ्यालेन्सियाका केभिन जेमिरोले गोल गर्दै खेललाई २–१ को स्थितिमा ल्याए । 

पहिलो हाफमा २–१ ले अगाडि रहेको बार्सिलोनाले दोस्रो हाफमा ३ गोल गर्यो भने १ गोल खान पुग्यो । खेलको ५१औं मिनेटमा जिरर्ड पिकेले गोल गर्दै बार्सिलोनालाई ३–१ ले अग्रता दिलाए । त्यस्तै, केही साता मैदानबाहिर रहेका लुइस स्वारेज मैदान फर्कंदै दुई गोल गर्न सफल रहे । उनले ६१औं तथा ८२औं मिनेटमा गोल गर्दै खेल ५–१ को बलियो स्थितिमा पुर्याए । तर, भ्यालेन्सियाका म्याक्समिलानो गोमेज गोन्जालेजले अतिरिक्त समयमा गोल गर्दै खेल ५–२ अन्तरमा टुंग्याए । 

बार्सिलोनाका नयाँ खेलाडी फाटीले लगातार गोल गरिरहेका छन् । त्यस्तै, केही समय मैदानबाहिर रहेको स्वारेज मैदान प्रवेशसँग बार्सिलोना लयमा फर्किएको छ । बार्सिलोनाले अघिल्लो केही खेलमा अपेक्षाकृत नतिजा निकाल्न सकेको थिएन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर