• २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024

सुन्धारामा ‘सुन्धारा क्लिनिक’ सञ्चालनमा

दुई सातासम्म निःशुल्क उपचार गरिने

काठमाडौं । काठमाडौंको सुन्धारामा ‘सुन्धारा क्लिनिक’ सञ्चालनमा आएको छ । प्रतिनिधसभा सदस्य तथा राप्रपाका महामन्त्री राजेन्द्रकुमार लिङदेनले शनिबार क्लिनिक उद्घाटन गरेका हुन् । 

क्लिनिक उद्घाटनका क्रममा लिङदेनले क्लिनिकबाट गुणस्तरीय सेवा उपलब्ध हुने आफूले विश्वास लिएको बताए । युवा जनशक्ति पलायन भइरहेका बेला केही युवाले मुलुकमै व्यवसाय सञ्चालन गर्नु राम्रो कामको सुरुवात भएको उनले बताए । ‘मुलुकमा रोजगारीको अवसर युवा स्वयंले सिर्जना गर्नुपर्छ,’ सांसद लिङदेनले भने, ‘मुलुकमा रोजगार बन्ने अवसर धेरै छन् ।’

क्लिनिक सञ्चालनका अवसरमा दुई सातासम्म निःशुल्क स्वास्थ्य उपचार सेवा प्रदान गर्ने सञ्चालक लाेकेन्द्र पनेरूले जानकारी दिए । क्लिनिकमा छालाराेग, याैनराेगलगायत विभिन्न राेगकाे उपचार हुने सञ्चालक पनेरूले बताए ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर