• २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024

अवैध चरेस र गाँजासहित पाँच पक्राउ

हेटौंडा । जिल्ला प्रहरी कार्यालय मकवानपुरले शनिबार बिहान करिब १० बजे हेटौँडा उपमहानगरपालिका–१५ रातोमाटेमा हेटौँडाबाट वीरगन्ज जाँदै गरेको भारतीय सवारी बीआर०१ पिएफ ७९९८ नंको कार रोकी जाँच गर्दा स्टेयरिङसँगैको डेसबोर्डभित्र लुकाइराखेको चार केजी ९ सय ग्राम अवैध चरेस फेला परेपछि सो कारमा रहेका तीन जनालाई कारसहित पक्राउ गरेको जानकारी दिएको छ ।

पक्राउ पर्नेमा भारत बिहार जिल्ला मजफ्फरपुर दादर बस्ने २८ वर्षीय शिवराज सिंंह, सोही ठेगानाका २४ वर्षीय ज्ञानीकुमार पासवान र भारत बिहार जिल्ला छपरा बस्ने २४ वर्षीय राजु महतो रहेको आज बिहान पत्रकार सम्मेलन गरी जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।

यसैगरी, प्रहरीले मकवानपुर जिल्ला राक्सिराङ गाउँपालिका–४ स्थित कालिका दोभानबाट अवैध गाँजा १२ केजी ४ सय ग्राम लिएर हिँडेको अवस्थामा कैलाश गाउँपालिका बस्ने २६ वर्षीय राजकुमार थिङ र सोही ठेगानाका २१ वर्षीय दिपेश थिङलाई पक्राउ गरेको छ । निजहरूलाई कानुनी कारबाहीका लागि अदालतमा पेस गर्ने जानकारी प्रहरीले दिएको छ ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर