गल्याङ उद्योग वाणिज्य संघको अध्यक्षमा अर्याल निर्वाचित

गल्याङ । गल्याङ उद्योग वाणिज्य संघको अध्यक्ष यज्ञप्रसाद अर्याल निर्वाचित भएका छन् । वामपन्थी समूहका अर्याल २२५ मत प्राप्त गर्दै विजयी भएका हुन् । 

उनका निकटतम प्रतिद्धन्दि लोकतान्त्रिक समूहका धु्रव श्रेष्ठले २१५ मत प्राप्त गरी पराजित भएका छन् । अध्यक्षमा बामपन्थी धारका अर्याल विजयी भएपनि कार्यसमितिमा भने बामपन्थी अल्पमत परेको छ । 

कार्यसमितिमा वामपन्थी समूहले अध्यक्ष, कोषाध्यक्ष र २ सदस्य प्राप्त गरेको छ भने लोकतान्त्रिक समूहले वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष, महासचिव, सचिव, सहकोषाध्यक्ष सहित ३ जना सदस्य प्राप्त गरेका छन ।

वरिष्ठ उपाध्यक्ष पदमा ईन्द्र प्रसाद अधिकार, उपाध्यक्षमा बाबुराम पाण्डे र महासचिवमा कृष्ण प्रसाद भट्टराइ विजयी भएका छन् । त्यस्तै, सचिवमा उमा श्रेष्ठ, कोषाध्यक्षमा बलराम श्रेष्ठ,  सह–कोषाध्यक्षमा होमलाल भट्टराई विजयी भएका छन् । 

यता, सदस्यहरुमा लोकतान्त्रिक प्यानलका गुम प्रसाद थापा नर बहादुर गुरुङ, ऋषि बश्याल र वामपन्थी प्यानलवाट हुमकान्त पाठक  र चिन्तामणी अर्याल विजयी भएका छन् ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर