दमकमा ट्राफिक प्रहरीको ह्विल लक : कारबाहीमा चिकित्सकदेखि सर्वसाधारणसम्म

झापा । दमकस्थित जेसिस चोकमा यमनाथ सुबेदीले आफ्नो मे ३ प ११५७ नम्बरको मोटरसाईकल पार्किङ्ग गरेका थिए । यस्तै, सोही स्थानमा एकजना चिकित्सकको बा ९ च ८९८१ नम्बरको कारपनि पार्किङ्ग गरिएको थियो । जब ति सवारी धनी आफूले पार्किङ्ग गरेर राखेको सवारीमा भएको स्थानमा पुन फर्किए, उनीहर झसङ्ग भए । उनीहरुको सवारी साधनको टायरमा ह्विल लक लगाईएको थियो ।

झापाको दमकस्थित जेसिस चोकको घटना हो यो । शनिबार दिउसो ट्राफिक प्रहरीले यसरी सडकमै अव्यवस्थित तबरले पार्किङ्ग गरेर राखिएका सवारीका साधनका टायरमा ह्विल लक लगायो । यो स्थानमा अधिक मात्रामा फार्मेशी सञ्चालनमा छन् । तर, ति फार्मेशी सञ्चालकहरुले आफ्नो फार्मेशीमा आउने सेवाग्रहीलाई त परकै कुरा भयो चिकित्सकका लागि पनि पार्किङ्गको व्यवस्था गरेका छैनन् ।

ट्राफिक प्रहरीले पटक पटक सम्झाईबुझाई नगरेको पनि होईन । तर, समस्या समाधान नभएपछि बाध्य भएर आफूहरुले ह्विल लक लगाएको दमक ट्राफिक प्रमुख यज्ञराज शर्मा बताउँछन् । “हामीले धेरै पटक अनुरोध गर्यौ तर केही पार नलागेपछि यसो गर्न बाध्य भयौं,” ट्राफिक प्रमुख शर्माले भने ।

“सडकनै ढाक्ने गरि यो स्थानमा सवारीका साधन पार्किङ्ग गरेर राख्नाले पैदल यात्रुदेखी अन्य सवारी सञ्चालनमा समस्या आएको ब्यापक जनगुनाशो पछि दमक ट्राफिकले एक्सन लिएको हो,” शर्माले भने ।

अरु दिन भन्दापनि शनिबार धेरै चाप हुने यो क्षेत्रमा आफूले एकजना ट्राफिकलाई नियमित खटाउने समेत शर्माले बताए । अधिक फार्मेशी भएका कारण र विशेष गरि यहाँ सञ्चालित फार्मेशीमा बाहिरि जिल्लाबाट चिकित्सकहरु आउने भएकाले यहा सर्बसाधारणको भिड लाग्ने गरेको छ ।

दमकमा अव्यवस्थित पार्किङ्गका कारण शहर कुरुप मात्रै हैन दुर्घटनाको जोखिम समेत उत्तिकै छ । यसैलाई मध्यनजर गर्दै ह्विल लकको अभियान अन्य स्थानहरुमापनि सञ्चालन गरिने दमक ट्राफिकले जनाएको छ । पहिलो पटक यस्तो कार्बाहीमा परेकाहरुलाई न्यूनतम जरिवाना गराईने र यस्तै प्रकृती पुन दोहोर्याए कडा कार्बाही गरिने जिल्ला ट्राफिक प्रहरी कार्यालय झापाका प्रमुख होम अधिकारीले जानकारी दिएका छन् । झापा ट्राफिक प्रमुख अधिकारीका अनुसार ह्विल लक अभियान झापाका अन्य शहरहरुमा पनि सञ्चालन भईरहेको छ । दमकमा भने सवारी साधनमा ह्विल लक लगाईएको भने यो पहिले पटक हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर