राष्ट्र बैंकले सुरु गर्यो आरटिजिएस प्रणाली, चेक नकाटी भूक्तानि पाइने

काठमाडौं । नेपाल राष्ट्र बैंकले रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको छ ।

आइतबार राष्ट्र बैंकले प्रधान कार्यालय बालुवाटारमा एक कार्यक्रमका बीच रियल टाइम ग्रस सेटलमेन्ट (आरटिजिएस) प्रणालीको औपचारिक सुरुवात गरेको हो । राष्ट्र बैंकले पहिलो चरणमा ’क’ वर्गका बैंकहरुका लागि मात्र लागु हुनेगरी यो प्रणालीको सुरुवात गरेको हो । 

यो प्रणालीले बैंकहरुले गर्ने ठुला कारोबारको सेलमेन्टका गर्दा ग्राहकले तत्कालै भुक्तानी लिन र दिन यो प्रणालीले सहयोग गर्ने छ । यसबाट  ब्यबसायी तथा कारोबारीले २ लाखभन्दा माथिको रकमका लागि एकाउन्ट पेयी चेक नकाटी भुक्तानी लिन र दिनसक्नेछन् । 

तर २ लाख भन्दा कम रकमका लागि भने एकाउन्ट पेयी चेक नै जारी गर्नुपर्ने हुन्छ । अहिलेको एकाउन्ट पेयी चेकको रकम खातामा जम्मा हुन समय लाग्ने र झन्झटिलो प्रक्रियालाई यो प्रणालीले हटाउने छ ।  यो प्रणालीमा आबद्ध भएका बैंक तथा वित्तीय संस्थाले स्ट्रेट थट प्रोसेसिङ (एसटीपी) मार्फत कारोबार संचालन गर्नुपर्ने हुन्छ । 

यसबाट कारोबार गर्नका लागि बैंक तथा बित्तिय संस्थाले भुक्तानी लिन दिन गरेको लिखित आदेश दिएको औसत १० मिनेट भित्र कारोबार सम्पन्न हुने राष्ट्रबैंकले बताएको छ । आरटिजिएस प्रणाली भदौ २५ गते देखि कार्यान्वयनमा आए पनि औपचारिक घोषणा आइतबार गरिएको हो ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर