• २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024

तालिबानका गभर्नर मारिए

एजेन्सी । सरकारी फौजको कारबाहीमा अफगानिस्तानको उत्तरी सामानगान प्रान्तका लागि तालिबानका छायाँ गभर्नर मौलवी नूरुद्दीन समेत कम्तीमा १२ जना तालिबान लडाकूहरु मारिएका छन् ।

सेनाका प्रवक्ता मोहम्मद हनिफ रेजाइले तालिबान विरुद्ध सरकारी फौजले हवाई कारबाही गरेको बताए । द्वन्द्वग्रस्त यस प्रान्तमा तालिबान विद्रोहीको निकै बलियो प्रभाव र पकड रहेको छ ।

प्रवक्ता रेजाइले गोप्य सूचनाका आधारमा आइतबार बिहान लडाकू विमानले तालिबान विद्रोहीहरु लुकेर बसेका स्थानमा हवाई कारबाही गरेको बताए । 

रेजाइले प्रान्तको सुरक्षा व्यवस्था सुदृढ तुल्याउन तालिबान विरुद्धको कारबाहीलाई अझ कडा बनाइने जानकारी दिए । तालिबान समूहले भने उक्त कारबाहीका बारेमा केही बताएको छैन ।

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर