• २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024

बर्नमाउथसँग एभर्टन स्तब्ध

एजेन्सी । इंग्लिस प्रिमियर लिगमा आइतबार साँझ भएको खेलमा बर्नमाउथले एभर्टनमाथि शानदार जित निकालेको छ । बर्नमाउथले एभर्टनलाई पराजित गर्ने क्रममा ३–१ को नतिजा निकालेको छ । 

खेल सुरु भएको २३औं मिनेटमा बर्नमाउथका क्यालुम विल्सनले गोल गर्दै टोलीलाई अग्रता दिलाए । तर, पहिलो हाफको अन्तिम मिनेटमा एभर्टनका डोमिनिक कल्भर्ट लेविनले गोल गर्दै खेललाई बरारीमा ल्याए । 

पहिलो हाफमा १–१ को बराबरी भएको खेलमा बर्नमाउथले दोस्रो हाफ २ गोल गर्न सफल भयो । खेलको ६७औं मिनेटमा रेन फ्रासरले गोल गर्दै टोलीलाई पुनः अग्रता दिलाए । त्यसैगरी, ७२औं मिनेटमा विल्सनले व्यक्तिगत दोस्रो गोल गर्दै टोलीको जित ३–१ ले सुनिश्चित गरे । 
 

प्रतिकृया दिनुहोस

सम्बन्धित खवर